Comments Add Comment

मेरी कोमले रियो ओलम्पिकको वाइल्ड कार्ड पाइनन्, खेल्न भने नछाड्ने

mary-kom-4

९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले पाँच पटककी विश्व च्याम्पियन मेरी कोमलाई रियो ओलम्पिकका लागि वाइल्ड कार्ड दिन अस्वीकार गरेको छ ।

पछिल्लो दुई ओलम्पिकमा आठ वा सोभन्दा बढी बक्सर सहभागी देशलाई वाइल्ड कार्ड नदिइने आईओसीले जनाएको छ । मेरी कोमले भनेकी छन्, मैले वाइल्ड कार्ड नपाउने जानकारी गराइएको छ । तर, यसमा मेरो नियन्त्रणको कुरा रहेन ।’

रियो ओलम्पिक गुमाए पनि खेल्न नछाड्ने उनले बताइन् । ‘जबसम्म फिट महसुस गर्छु, तबसम्म खेल्छु । अहिले मलाई म फिट छु भन्ने लाग्छ ।’

गत वर्षको मार्चमा मेरी कोमले रियो ओलम्पिकपछि खेल्न छाड्ने बताएकी थिइन् । तर, काजकिस्तानको राजधानीमा भएको छनौट खेलमा उनी जर्मनीकी अजीजी निमानीसँग पराजित भएकी थिइन् ।

त्यसपछि भारतीय ओलम्पिक संघ र भारतीय बक्सिङ संघले मेरो कोमलाई वाइल्ड कार्डबाट प्रवेश दिन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment