Comments Add Comment

अमेरिकी हेलिकप्टर दुर्घटनामा दिवंगत नेपाली सैनिकका परिवारलाई आर्थिक सहयोग

१३ असार, काठमाडौं । भूकम्प पीडितहरुको उद्धारमा संलग्न अमेरिकी हेलिकोप्टर दुर्घटना हुँदा मृत्यु भएका नेपाली सैनिकका परिवारहरुलाई अमेरिकाको सिकागोमा बसोबास गर्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

Rajendra-Chhetriविनाशकारी भूकम्पको समयमा २०७२ वैशाख २९ गते खोज तथा उद्धार कार्यको लागि दोलखाको सुनखानी क्षेत्रमा गएको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना हुँदा नेपाली सेनाका तत्कालीन सहसेनानी तपेन्द्र बहादुर रावल र जमदार बसन्तबहादुर तितराको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा दिवंगत नेपाली सैनिकका परिवारसमक्ष पुर्‍याउनका लागि सोमबार प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई १ लाख ६३ हजार ५ सय ६० रुपैयाँ हस्तान्तरण गरिएको छ ।

अमृत कँडेलको पहलमा अमेरिकाको सिकागो निवासी नेपाली समुदायहरुले रकम संकलन गरेका थिए । उक्त रकम रावल र तितराको परिवारलाई जनही ८१ हजार ७ सय ८० रुपैयाँको दरले वितरण गरिने नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment