Comments Add Comment

भूकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग

Hand-Nepal

बेल्जियम । गत बर्षको विनाशकारी भूकम्पमा क्षति भएका काभ्रे र भक्तपुरका चार विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले दश लाख रूपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ ।

गत सोमबार पार्वती उच्चमावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र नीधिको प्रमुख उपस्थितिमा पार्वती उच्च मावि सहित बल्थलीको कमलादेवी जनप्रिय माविच्याम्राङब्शीको चक्रेश्वर मावि र भक्तपुरको एक विद्यालयलाई विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि कम्प्युटर तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

काँग्रेस केन्द्रीय सदस्य निधिले भूकम्प प्रभावित विद्यालयलाई बेल्जियममा अवस्थित ह्याण्डस् नेपाल संस्थाले सहयोग गरेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारदेखि पुनर्निर्माण कार्यमा प्रवासमा रहेका नेपालीहरुको सयोगमा ठुलो योगदान रहेको बताए ।
कार्यक्रममा ह्याण्ड नेपालका तर्फवाट चिनियाँ दुवालले भूकम्पले क्षति पुर्याएका विद्यालयहरुलाई शैक्षिक गुणस्तर उकास्नका लागि सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरेको र यसलाई अझै निरन्तरता दिने बताए ।
कार्यक्रम ह्याण्ड नेपाल बेल्जीयमकी अध्यक्ष एलिन डुपोनको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment