Comments Add Comment

सरकारी वकिल कार्यलयका नायव सुब्बा घुस लिँदा-लिँदै पक्राउ

१६ असार, काठमाडौं । जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंका नायव सुब्बा घुस लिँलालिँदै रंगेहात पक्राउ परेका छन् । Pakrauसरकारी छाप दस्तखत किर्ते मुद्दाका अभियुक्तसँग घुस लिँदै नायब सुब्बा दिपककुमार कार्कीलाई अख्तितयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

कार्कीले मुद्दा चाँडै अगाडी बढाई मिलाइदिने भनि घुस रकम मागेका थिए । अभियुक्तका आफन्तसँग घुसबापत लिएको २० हजार रुपैयाँसहित काठमाडौं-१३ कालिमाटीस्थित युनाइटेड फाइनान्स अगाडिबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment