+
+
Shares

बलात्कार पीडितसँग सेल्फी !

अनलाइनखबर अनलाइनखबर
२०७३ असार १६ गते १७:०२

१६ असार, काठमाडौं । भारत राजस्थानको महिला आयोगकी एक सदस्यको सेल्फीलाई लिएर बबाल मच्चिएको छ ।

selfie with rape victimमहिला आयोगकी सदस्यले बलात्कार पीडित महिलासँग सेल्फी खिचेकी हुन् । यो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ र महिला आयोगका अध्यक्षसँग लिखित जवाफ मागिएको छ ।

यो तस्वीर आयोगका सदस्य सौम्य गुर्जरले खिचेकी हुन् । तर, तस्वीरमा अध्यक्ष सुमन शर्मा पनि देखिएकी छन् ।

पीटीआईका अनुसार यो सेल्फी बुधबार खिचिएको थियो, जतिबेला महिला आयोगका अध्यक्ष शर्मा र सदस्य गुर्जर जयपुरमा एक महिला प्रहरी चौकीमा बलात्कार पीडितलाई भेट्न गएका थिए ।

शर्माले भने तस्वीर कुनबेला लिइएको आफूलाई थाहा नभएको बताइन् । साथै सदस्यसँग स्पष्टिकरण लिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?