Comments Add Comment

पोग्वाका लागि युनाइटेडले थप १० मिलियन युरो खर्चनुपर्ने

Pogba

काठमाडौं । ११० मिलियन युरोको कीर्तिमानी मूल्यमा पाउल पोग्वालाई भित्र्याउन लागेको इंग्लिस महारथी म्यान्चेस्टर युनाइटेडले उनका लागि अर्को १० मिलियन युरो थप्नुपर्ने प्रस्ताव युभेन्टसले गरेको छ ।

तर युनाइटेड र युभेन्टसबीचको छलफल जारी छ र सिरी ए च्याम्पियनसँग सर्बोत्तम उपाय निकाल्नको लागि प्रयासरत छ ।

युभेन्टसले पोग्वाका लागि १० मिलियन युरो कप खोज्नु र नापोलीबाट अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिगुइनलाई ९५ मिलियन युरोमा सम्झौता गर्नुको मतलव पोग्वालाई बेच्न युभेन्टस विवश भएको भने होइन ।

यी फ्रान्सेली मिडफिल्डरका एजेन्ट मिनो राइओलाले युनाइटेडसँग ५ बर्षको अनुबन्धका लागि छलफल गरिरहेका छन् र यो बुझ्न सकिन्छ कि युनाइटेड उनको प्रस्तावित पारिश्रमिक उपलब्ध गराउन राजी भइसकेको छ ।

तर सन् २०१२ सम्म सिनियर टोलीबाट सात खेल खेलेपछि नयाँ अनुबन्धको लागि अस्वीकार गरेका पोग्वाले नयाँ सम्झौता गरेर खेलाउन युनाइटेडलाई सजिलो भने पक्कै छैन ।

यदि ट्रान्सफर प्रक्रिया पूरा भएमा पोग्वाले युनाइटेडबाट बार्षिक ११ मिलियन पाउण्ड आम्दानी गर्नेछन् । २३ बर्षीय मिडफिल्डर पोग्वाको युभेन्टससँगको सम्झौता आगामी २०१८/१९ को सिजनसम्म रहनेछ ।

आगामी सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएपनि युनाइटेडले खेलाडीको लागि ठूलो लगानी गरिरहेको छ । जोजे माउरिन्होलाई प्रशिक्षकमा नियुक्त गरेपछि युनाइटेडले यसअघिनै चार खेलाडीलाई अनुबन्ध गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment