Comments Add Comment

डाटसनको ‘रेडी गो’ नेपाल भित्रियो, मूल्य १४ लाख, अत्याधुनिक विशेषताले सुसज्जित

datsun redi go (1)
११ साउन, काठमाडौं । नेपालको इन्ट्री लेवल कार बजारमा नयाँ आकर्षक मोडल प्रवेश गरेको छ । जापनीज ब्राण्ड डाटसनको ‘रेडी गो’ अर्वन क्रस कार नेपाली बजारमा भित्रिएको हो ।

डाटसन गाडीको नेपाली बिक्रेता पायोनियर मोटोकर्पले मंगलबार राजधानीमा भव्य समारोहबीच ‘रेडी गो’ सार्वजनिक गर्‍यो । ‘रेडी गो’ फेमिली हृयाचब्याक कार हो । यसको मूल्य १३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा यो कारले हुन्डाई इओन र मारुती अल्टोसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसअघि भित्रिएको डाटसन गो र गो प्लस नेपाली ग्राहकमाझ लोकपि्रय बनिसकेका छन् ।

के छन् विशेषता ?
कम मूल्यमा अत्याधुनिक फिचर भएको कार खोज्नेहरुका लागि डाटसन ‘रेडी गो’ उत्कृष्ट मोडल हो । यो कारमा ८ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यसले प्रतिलिटर २५.१७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ । यसको उच्चतम गती १४० किलोमिटर प्रतिघण्टा रहेको छ ।
datsun redi go (2)
यसमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ । यो गाडी १५.९ सेकेण्डमै १०० किलोमिटर प्रतिघण्टाको गतिमा दौडिन सक्छ । रेडी गो कारको सबैभन्दा आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । हृयाचब्याक कार भएर पनि ‘रेडी गो’मा एसयुभी कारको जत्तिकै ग्राउन्ड क्लियरेन्स रहेको निशान मोर्टस इन्डियाका उपाध्यक्ष अतुल सहनीले बताए ।

डाटसन ‘रेडी गो’ मा पर्याप्त स्पेस रहेको छ । यो गाडी छोटो भएकाले सुरक्षाका लागि डाटसन प्रो सफ-सेभन प्रविधि अपनाएको उपाध्यक्ष सहनीले बताए ।

क्रस कभरमा जिप्पी ड्राइभिङको रोमाञ्चकताले यसको इन्ट्री लेवल कार सेगमेन्टलाई नयाँ रुपमा परिभाषित गर्ने वितरक कम्पनी पायोनियर मोटोकोर्पको भनाई छ ।

Datsun Redi Go
रेडी गो नेपालमा विभिन्न ५ कलर सेतो, सिल्भर, ग्रे, रुबी र लाइम कलरमा उपलब्ध हुने छ । यसमा ‘युकान’ नामक जापानीज फिलोसोफी डिजाइन छ, जसले यसलाई बोल्ड बनाएको छ ।

‘टल ब्वाइ’ स्टाइलिङले उत्कृष्ट ग्राण्ड क्लियरेन्स, धेरै स्पेस र ड्राइभरका लागि उत्ृकष्ट भिजिबिलिटी दिने उपाध्यक्ष सहनीले बताए । ‘यो गाडीमा रहेका विशेषताहरुले चालक र यात्रुलाई रोमाञ्चकता, स्वतन्त्रता र आत्मविश्वास प्रदान गर्छ’ उपाध्यक्ष सहनीले भने- ‘यसको मर्मत खर्च अन्य ब्रान्डका यही सेगमेन्टका गाडीको भन्दा ३० प्रतिशत कम छ ।’

सुरक्षामा अब्बल
यसको प्रो सेफ सेभेन सुविधाले ‘सर्ट ब्रेकिङ डिस्ट्यान्स’, आरामदायी ड्राइभिङ र रोडको उत्कृष्ट भ्यु दिने सहनीले बताए । कारमा सुपेरियर सस्पेन्सन सिस्टम, हाइ ब्ल्सटर सपोर्ट, इनर्जी अब्जर्भिङ स्टेरिङ ह्वील र ड्राइभर एयरब्यागको पनि व्यवस्था छ ।

निशान इन्डियाका उपाध्यक्ष अतुल सहनी
निशान इन्डियाका उपाध्यक्ष अतुल सहनी

नयाँ सस्पेन्सन सिस्टमले ह्याण्डलिङ र राइड कम्र्फोटको बीचमा राम्रो सन्तुलन दिन्छ । यो गाडीमा तीन वर्ष वा ३० हजार किलोमिटर स्टान्डर्ड वारेन्टीको सुविधा दिइएको छ ।

रेडी गोमा विभिन्न पर्सनलाइज्ड अप्सनहरु पनि छन् । यसले यवाहरुलाई ध्यानमा राखेर ५० सम्भावित एसेसोरिजहरु प्रदान गर्ने पायोनिर मोटोकर्पले जनाएको छ ।

नेपालमा १० वटा डिलरहरुमार्फत रेडी गो बिक्री सुरु भएको छ । पायोनिर मटो कर्पले केही समयभित्रै ४ वटा डिलहररु थप गर्ने तयारी गरेको सहनीले जानकारी दिए ।

स्टाइलिस डिजाइन र उत्कृष्ट विशेषताका साथ आएको डाटसन ‘रेडी गो’ मध्यम आयस्रोत भएका ग्राहकहरुको रोजाइ पर्ने कम्पनीको विश्वास छ ।

datsun redi go (4)
डाटसनका नेपालमा २ वर्षदेखि गाडी बिक्री हुँदै आएका छन् । अहिलेसम्म नेपालमा ८ सय गाडी भित्राइसकेको डाटसनले आक्रमक बजार विस्तारमा जोड दिँदै आएको छ ।

नेपाली बजारमा निशान मोटर्स इन्डियाद्वारा उत्पादित डाटसन गाडीहरु आयात गरिँदै आएको छ । उत्कृष्ट विशेषता भएका कारण नेपाल भित्रिएको छोटो अवधिमै ग्राहकको रोजाईमा पर्न सफल भएको पायोनिर मोटोकर्पका प्रवन्ध निर्देशक सन्दीप सारदाले बताए ।

भिडियो हेर्नुहाेस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment