Comments Add Comment

जंगली च्याउ खाँदा ताप्लेजुङमा पाँच सिकिस्त

विषालु च्याउ
विषालु च्याउ

१२ साउन, ताप्लेजुङ । छिमेकी जिल्ला पाँचथरमा बिसालु जंगली च्याउ खाएर दर्जनौले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै ताप्लेजुङमा च्याउ खाएर पाँच जाना सिकिस्त बिरामी परेका छन् ।

मंगलबार साँझ ताप्लेजुङ नाङ्खोल्याङ गाविस ३ की ४० बर्षीया इन्द्रकुमारी सुनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाँदा उनीसहित छोरी रमला सुनुवार, बुहारी कल्पना लिम्बु, छिमेकी सोममाया राई र ५ वर्षीया तेजकुमारी राई बिरामी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

साँझ च्याउ खानसाथ टाउको दुख्नुको साथै वान्ता गर्न थालेपछि उनीहरुलाई तत्काल जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो । उनीहरुलाई समयमानै उपचारका लागि ल्याइएकोले अपि्रय घटना हुन नपाएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अहिले अबस्था समान्य रहेकाले विरामी सबै घर फर्किएका छन् । साथै चिकित्सकले अहिलेको समयमा जंगलमा पाइने च्याउ जथाभावी नखान स्थानीयलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment