Comments Add Comment

नेपाली क्रिकेटका सरोकारवालालाई आईसीसीको प्रश्नः अब कसरी अगाडि जाने ?

Nepal-Cricket-And-icc

१३ साउन, काठमाडौं । नेपाली क्रिकेट समस्याबारे अध्ययन गर्न नेपाल आएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टोलीले सम्वद्ध पक्षसँग संयुक्त छलफल गरेको छ ।

बिहीबार दिउँसो झण्डै तीन घन्टा चलेको छलफलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट, निर्वाचित क्यानका पदाधिकारी र तदर्थ समितिका अधिकारीहरु थिए । एक सहभागीका अनुसार बैठकमा राखेप सदस्य सचिव विष्ट र निर्वाचित क्यानले आ आफ्नो अडान राखेका छन् ।

राखेप सदस्य सचिव विष्टले निर्वाचित कमिटीले अदालतमा हालेको मुद्धा फिर्ता लिए समस्या समाधान हुने बताएका छन् । तर, निर्वाचित कमिटीले भने राखेपको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । र, आफूहरु बैधानिक भएको दाबी गरेका छन् । निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अनलाइनखबरसँग भने, ‘हामीले हाम्रो कुरा जे हो, त्यही राखेका छौं ।’

स्रोतका अनुसार आईसीसीले तीन पक्षलाई केही लिखित प्रश्नहरु नै पठाएको थियो । र, उसको चासो अब कसरी अगाडि जाने ? भन्ने बढी देखिएको एक अधिकारीले बताए ।

संयुक्त छलफलका क्रममा केहीले आईसीसीले देखेको विकल्पबारे समेत प्रश्न गरेका थिए । तर, आईसीसीका प्रतिनिधिहरुले भने आफूहरु अध्ययनका लागि आएको भन्दै अक्टोबरमा रिपोर्ट आउने बताएका छन् ।

आईसीसीको टोलीले संयुक्त बैठक बस्नु अघि तीन पक्षसँग छुट्टा छुट्टै छलफल गरेको थियो । साथै कप्तान, प्रशिक्षक र सरोकारबाला पक्षसँग पनि परामर्श गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment