Comments Add Comment

‘धुम ४’मा चोर बन्दै साहरुख, रणवीर प्रहरी

www.hdfinewallpapers.com

बलिउडका सफल निर्माता आदित्य चोपडाको ‘धुम’ को चौथो श्रृङ्खलामा सुपरस्टार नायक साहरुख खान चोरको भुमिकामा देखिने भएका छन् । चोर-प्रहरी सिरिजको यस चलचित्रमा साहरुख नयाँ चोरको रुपमा देखिने भएका छन् ।

यस चलचित्रमा सिपाहीको भुमिकामा अभिषेक बच्चनलाई अभिनय गराउने कुरा थियो । तर, अब अभिषेकको साटो रणबीर सिंहले अभिनय गर्ने भएका छन् । चोरको भुमिकामा पनि सलमान खानलाई अभिनय गराउने सोच निर्माताले बनाएका थिए । तर, सलमानले नकारात्मक भुमिका निर्वाह नगर्ने भएपछि साहरुखलाई अभिनय गराउने योजना निर्माताको छ ।

सलमानले नकारात्मक भूमिका नगर्ने बताएपछि साहरुखलाई यो रोल अफर गरिएको छ । साहरुखले यसअघि पनि केही चलचित्रमा नकारात्मक भुमिका निर्वाह गरेकाले उनले काम गर्ने संभावना बढी छ । साहरुखको डेटका लागि आदित्यले कुरा गरिरहेका छन् ।

चलचित्रलाई अघिलो श्रृङ्खलाको तुलनामा विषेश बनाउने तयारीमा निर्माण पक्ष लागेको छ । यसमा साहरुखको गेटअप विशेष हुनेछ । यसैविच, नायक साहरुख खानले निर्देशक इम्तियाज अलीको नयाँ चलचित्रको छायांकन सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment