Comments Add Comment

क्रेटाले जित्यो नेपाली ग्राहकको मन, १ वर्षमा १३ सय गाडी बिक्री

creta-hundai
६ भदाै, काठमाडाैं । कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको कम्प्याट स्पोर्टस् युटिलिटी भेहिकल ‘क्रेटा’ नेपाली बजारमा १ हजार ३ सय थान बिक्री भएको छ ।

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत बर्ष असोजदेखि अहिलेसम्म १ हजार ३ सय ६५ थान क्रेटा बिक्री भएको जनाएको छ ।

क्रेटा नेपाली अटोमोबाइल इतिहासमा सवैभन्दा बढी स्वीकार्य एसयुभी गाडीका रुपमा दर्ज भएको कम्पनीले दावी गरेको छ ।

नेपालमा तिब्ररुपमा बढिरहेको कम्प्याक्ट एसयुभीको बजारमा संख्यात्मक हिसावले क्रेटा सवैभन्दा अग्रस्थानमा देखिएको छ । आर्कषक डिजाइन, प्रिमियम एसयुभीकै हाराहारीमा सुविधा र ५० लाख रुपैयाँ हाराहारी मूल्यका कारण नेपाली गाडी उपभोक्तामाझ क्रेटा छोटो समयमै लोकप्रिय भएको हो ।

क्रेटा गत बर्ष असोजमा नेपाली बजारमा सार्वजनिक भएको थियो । तर, सार्वजनिक भएलगत्तै भारतले नाकाबन्दी गरिदिँदा गाडी बुक गरेका ग्राहकले लामो समयसम्म गाडी पाउन सकेका थिएनन् भने नयाँ गाडी बुकिङ पनि ठप्प भएको थियो ।

झण्डै पाँच महिनाको प्रतिकुल अबस्थाका बाबजुद पनि क्रेटाले नेपाली बजारमा सवैभन्दा कम समयमा धेरै बिक्रिको रेकर्ड राख्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment