Comments Add Comment

‘काम गर्न सक्ने’ मन्त्रालय पाए गगन थापा मन्त्री बन्ने

gagan-thapa

८ भदौ, काठमाडौं । आन्तरिक भागवण्डा नमिलेका कारण नेपाली कांग्रेसले बुधबार पनि मन्त्रीहरु पठाउन सकेन ।

रामचन्द्र पौडेल समूहले सम्मानजनक स्थान नपाएको भन्दै मन्त्रीहरुको नाम अठाउन अस्वीकार गर्‍यो । जसका कारण बुधबार पनि मन्त्रिपरिषद् विस्तार हुन सकेन ।

तर, सहमतिको प्रयास जारी छ । पौडेल समूहसँग मन्त्रालय भागवण्डामा वार्ता भइरहेकाले सभापति शेरबहादुर देउवाले पनि आफ्नो समूहबाट मन्त्री बन्नेहरु टुंगो लगाएका छैनन् ।

तर, कृष्ण सिटौला समूहले भने आफूहरुले पाएको एक मन्त्रीको टुंगो लगाएको छ । स्रोतका अनुसार यो समूहबाट युवा नेता गगन थापा पहिलो रोजाइमा छन् ।

उनी नभएमा भीमसेेनदास प्रधानको विकल्प पनि तयार छ । स्रोतले भन्यो, ‘गगन जाने हुँदा उनी नै हो । यदि मन्त्रालयलाई लिएर उनी गएनन् भने भीमसेनदाइ मन्त्री बन्नुहुन्छ ।’

तर, प्रचण्ड सरकारमा आफूले काम गर्न चाहेको मन्त्रालयबारे गगनले मुख खोलेका छैनन् । उनी यसबारे पार्टी सभापति देउवासँग छलफल गरेर टुंगो लगाउने तयारीमा रहेको स्रोतले बताएको छ । गगन निकट स्रोतले भन्यो, ‘उनी ठूलो मन्त्रालय खोज्ने सोचमा छैनन् । काम गर्न सक्ने मन्त्रालय पाएमा मन्त्री बन्ने तयारीमा छन् ।’

युवा नेता गगन अहिले व्यवस्थापिका संसदको उर्जा तथा जलस्रोत समितिका सभापति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment