Comments Add Comment

शहरका युवाको फेसन बन्यो स्कुटर

आखिर वाइक छोडेर किन चढ्छन् स्कुटर

escotor (2)

१५ भदौ, काठमाडौं । ललितपुरका रिजन थापा काठमाडौंमा जारी नाडा अटो-शोमा स्कुटरहरुबारे बुझ्दै हिँडेको भेटिए । भर्खरै बिबीए पढ्दै गरेका उनले आफू ‘क्लासिक लुक्स’को स्कुटर किन्ने योजनामा रहेको सुनाए ।

‘स्कुटर किनेपछि घरमा पनि सबैले चलाउन पाउँछन्’ उनले मोटरसाइकलको साटो स्कुटर खोज्नुको कारण खोल्दै भने,’अहिले केटाहरु पनि स्कुटरको ‘क्रेजी’ भएका छन् । मैले चाँही मल्टी युटिलिटी फिचर्सले नै स्कुटर किन्ने योजना बनाएको हुँ ।’

उनले भनेजस्तै आजभोलि स्कुटरमा पुरुष आकर्षण बढ्दो छ । शहरी क्षेत्रहरुका गुड्ने स्कुटरमा आजभोलि महिलाभन्दा पुरुष चालक बढी देखिन्छन् ।

केही वर्ष अघिसम्म स्कुटरको प्रयोग महिला वर्गमा मात्र सीमित थियो । तर, यो ट्रेण्ड मोडिएको छ । अहिले सबै वर्ग र उमेरका व्यक्तिहरु स्कुटरमा आकषिर्त छन् । पछिल्लो समयमा त झन आफ्नो मोटरसाइकल बेचेर स्कुटर राख्ने युवाहरु पनि भटिन्छन् ।

escotor5
बाइक छोडेर स्कुटरमा हुँइकिने युवाहरुको संख्या नेपालमा बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पछिल्लो समय बाइकको भन्दा स्कुटरको माग दर बढ्दो छ ।

होण्डाले एकवर्षमा नेपालमा बेचेको दुईपांग्रे सवारीमध्ये ६५ प्रतिशत हिस्सा स्कुटरको थियो । बाइकमा भन्दा स्कुटरमा युवा आकर्षण बढ्दै गर्दा नेपाली सडकमा स्कुटरको उपस्थिती बाक्लिँदो छ ।

स्कुटरको महत्वपूर्ण उपयोगिता भनेको महिला तथा पुरुष दुबैका लागि उपयुक्त हुनु हो ।

स्कुटरमा पुरुष

escotor (4)केही समयअघिसम्म स्कुटर महिलाले चढ्ने सवारीका रुपमा लिइन्थ्यो । तर, बदलिँदो समयले स्ुकटरको प्रयोगकर्तालाई पनि विस्तार गरिदिएको छ ।
स्कुटर किन्न अटो-शोमा आएका युगल श्रेष्ठ भन्छन्-‘हेर्दा मोडल र युटिलिटी फिचर्स मन परेपछि किन्नेे हो । अहिलेको जमानामा महिला-पुरुष भन्नुभन्दा सजिलो र फेसनेबल भेहिकल रोज्नेहरु धेरै छन् । स्कुटर बाइकभन्दा अफोर्डेबल हुन्छ, त्यसैले स्कुटर किन्न आएँ ।’

पुरुष आकर्षण बढेपछि कम्पनीहरुले क्लासिक तथा स्र्पोटी लुक्सका स्कुटर बजारमा ल्याइरहेका छन् । आकर्षक मोडलमा नयाँ-नयाँ कम्पनीले स्कुटर भित्राएसँगै स्कुटर सहरी जनजीवनको महत्वपूर्ण हिस्सा बनिरहेको छ ।

‘घरमा एउटा स्कुटर हुनु भनेको सबैको लागि पर्सनल भेहिकल भएजस्तै हो । मोटरसाइकल प्रायः पुरुषका लागि मात्रै प्रयोगको साधन मानिन्छ,’ यामाहा बाइकको विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजकी एसिस्टेन्स सेल्स म्यानेजर जीना गुरुङ भन्छिन्, ‘तर, स्कुटर सबैका लागि उपयोगी हुनेे भएकाले मोटरसाइकल भन्दा स्कुटर किन्छु भन्ने सोच धेरै पुरुषमा छ ।’

सिंगो परिवारको सवारी

escotor (3)
स्कुटर ‘फेमिली ट्रान्सपोर्टेसन’ बनेको छ । सबै उमेर समुह र महिला पुरुषले सजिलै चलाउन सक्न भएकाले यसलाई धेरैलो रोजेका छन् ।

अहिले बिहानभर छोराछोरीले कलेज लिएर जाने स्कुटर दिउँसो भने अभिभावकले अफिस जाँदा प्रयोग गर्ने ट्रेण्ड छ । बढी वजन हुने र चलाउँदा नियन्त्रण गर्न समस्या हुने भएकाले सन्तानका लागि मोटरसाइकल किनिदिन अभिभावकहरु पनि हत्तपत्ति तयार हुँदैनन् । तर,स्कुटरबारे भने अभिभावकको धारणा सकारात्मक छ ।

पछिल्लो समय बिवाहित दम्पतीको एउटै रोजाई स्कुटर हुन थालेको व्यवसायीको भनाइ छ । बाइक र स्कुटर दुईवटै खरिद गर्न नसक्नेहरुले साझा प्रयोगका लागि स्कुटर किन्ने गरेको उनीहरु बताउँछन् ।

मोटरसाइकल भन्दा स्कुटर चलाउन सजिलो हुने भएकाले धेरैले यसमा दुर्घटनाको सम्भावना कम हुन्छ भन्ने मान्छन् ।

सार्वजनिक यातायातको विश्वसनीयता कम हुँदै गएकाले पनि यस्ता सवारीप्रति आकर्षण बढेको देखिन्छ । त्यसैले स्कुटरको प्रयोग अब महिला र पुरुषले गर्ने भनेर छुट्याउन सकिने अवस्था नरहेको व्यवसायीहरु बताउँछन् ।

सजिलो र उपयोगी

escotor (1)
यस्तै स्कुटर चलाउन सजिलो हुन्छ । समान राख्न मिल्ने हुँदा पनि स्कुटरका ग्राहक बढेका छन् । स्कुटर ‘मल्टी युज’ गर्न पाइने हुँदा ग्राहकको आकर्षण बाइकमा भन्दा स्कुटरमा बढी देखिएको होण्डाको स्याकार ट्रोडिङका मार्केटिङ को-अर्डिनेटर प्रशन्न ध्वाखाको अनुभव छ ।

पार्किङस्थलका राखिएका मोटरसाइकलबाटै हेलमेट, रेनकोट, पञ्जा हराउने समस्या सामान्य बनिरहेको छ । स्कुटरमा भने सामग्री सीट मुनि सुरक्षित रुपमा राख्न सकिन्छ ।

भीडभाडमा स्कुटर मोटरसाइकलको तुलनामा सुरक्षित पनि मानिन्छ । महिला वा पुरुष दुवैले चलाउन मिल्ने मात्रै नभएर सामान बोक्न पनि सजिलो हुने भएकाले नै आर्कषण बढेको बताउँछन् हिरो बाइकको वितरक नेपाल जनरल मार्केटिङका सेल्सम्यान रञ्जन अधिकारी ।

बजार बढ्दै

bike (5)
ग्राहकको आकर्षण स्कुटरतर्फ मोडिन थालेपछि अधिकांश कम्पनीले स्कुटर भित्राउन जोड दिइरहेका छन् । अटो शोको अवसर पारेर ३ वटा कम्पनीले नयाँ कुटर सार्वजनिक गरिएका छन् । एसवाइएमको जीटीएस-३००आइ, यमाहाको रे-जेड आर र सुजुकी एक्सेस-१२५ सार्वजनिक भएका छन् ।

अहिले बजारमा आकर्षक डिजाइनमा उच्च प्रविधियुक्त स्कुटरहरु रोजी-रोजी किन्न पाइन्छ । दुई पांग्रे सवारी उत्पादक कम्पनीहरु राम्रा-राम्रा स्कुटर बजारमा ल्याउन प्रतिस्पर्धा गरिरहेका छन् । डिजाइनमा बाइकलाई चुनौती दिने स्कुटरहरु बजारमा उपलब्ध हुन थालेका छन् ।

नेपालमा होण्डा, टीभीएस, हिरो, सुजुकी, यामाहा, महिन्ऽा, भेस्पा, युएम लगायत कम्पनीका स्कुटरहरु बिक्री हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment