Comments Add Comment

सिटी एक्सप्रेसबाट पैसा पठाउँदा काठमाडौँमा ४ आना घडेरी

City_Ghaderi९ असोज, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ-तिहारको अवसरमा ‘सिटी बजाउनुहोस्, काठमाडौँमा घडेरी पाउनुहोस्’ उपहार योजना ल्याएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् असोज १० देखि पुस ९ गतेसम्म कारोबार गर्ने ग्राहकहरूमध्ये १ जना भाग्यशाली ग्राहकले काठमाडौँ उपत्यकाभित्र नै ४ आना जग्गा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

यस्तै हरेक हप्ता १ जना भाग्यशाली विजेताले ३२ इन्च एलइडी टेलिभिजन पनि प्राप्त गर्नेछन् । १२ हप्तासम्म सञ्चालन गरिने यो योजनाबाट १२ जना भाग्यशाली विजेता घोषणा गरिनेछ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले भने, ‘हामीले विगतमा गाडी तथा मोटरसाइकलजस्ता उपहार दिँदै आएका थियौँ । तर यो वर्षको दसैँ-तिहारलाई मध्यनजर गर्दै जग्गा नै दिने निर्णय गरेका हौँ ।’

घडेरी तथा जग्गा सपना तथा भविष्यसँग पनि भावनात्मक रूपमा जोडिएको हुनाले ग्राहकहरूको सपनाको कदर गर्दै जग्गा नै दिन लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment