Comments Add Comment

राजेशपायलको ‘दर्शन नमस्ते ३’ सार्वजनिक, विन्धवासिनीले किन्यो १५ लाखमा

rajesh payal album bimochan (1)
नेपाली चलचित्र, आधुनिक, पप, भोजपुरी होस् या कुनै पनि भाषाको गीत नै किन नहोस् । गायक राजेशपयाल राइले आवाज भरिसकेका छन् ।
गायक राइले विश्वका अधिकांश देशमा सांकृतिक कार्यक्रम पनि गरिसकेका छन् । नेपाली चलचित्रको पाश्र्व गायनदेखि आधुनिक र पप गीतमा समेत सफल मानिएका गायक राइले सफल एल्बम ‘दर्शन नमस्ते’को तेश्रो श्रृङ्खला सार्वजनिक गरेका छन् ।

आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा राइका माता-पिताले एल्बम सार्वजनिक गरेका हुन् । फरक-फरक स्वादका गीत समावेश गरिएको एल्बमलाई विन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो । कार्यक्रममा विन्धवासिनीले गायक राइलाई १५ लाखको चेक हस्तान्तरण गरेको थियो ।

१५ लाखमा एल्बमको अधिकार किनिएको हो । नेपाली सांगीतिक क्षेत्रको व्यापारिक बजारमा खस्किरहेको समयमा राइलाई विन्धवासिनीले मोटो रकम दिएर नयाँ प्रथाको सुरुवात गरेको छ ।
rajesh payal album bimochan (3)
कार्यक्रममा गायक राइले ३ वटा गीत गाएर पनि सुनाएका थिए । ‘दर्शन नमस्ते, कुल्ची हिँड, आयौ समिपै’ बोलको गीत गायक राइले प्रत्यक्ष गाएर सुनाएका थिए । यो एल्बममा ९ वटा गीत समावेश गरिएको छ । ‘दर्शन नमस्ते, कुल्ची हिँड, लभ यू, छेनौ त, आयौ समिपै, कोही बिना, लाटो रिस, कान्छाले, बाबै आराखा’ बोलका गीत एल्बममा समावेश गरिएको छ । महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन, इन्दिरा जोशीको यो एल्बममा संगीत छ ।

यस्तै, महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई, केदार सुनुवारको यो एल्बमका गीतमा शब्द समावेश गरिएको छ । rajesh payal album bimochan (2)
गायक राइले ‘दर्शन नमस्ते ३’ एल्बम बजारमा ल्याउनु आफैमा चुनौती भएको भन्दै सबैलाई मनपर्ने शैलीमा गीत तयार पारेको बताए । उनले डिसेम्बरबाट गीतका भिडियो निर्माण सुरु गर्ने पनि जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment