+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

भारतीय सेना पाकिस्तानी भूमिमा घुस्यो, आतंकवादी मारेको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १३ गते १३:०८

Ranabir-singh

१३ असोज, काठमाडौं । भारतले पाकिस्तानी भूमिमा प्रवेश गरेर ‘आतंकवादी’लाई मारेको बताएको छ । पाकिस्तानले भने आफ्ना दुई सैनिक मारिएको बताएको छ ।

यससँगै १७ भारतीय सैनिकको ज्यान जाने गरी उरी आक्रमणबाट बढेको भारत पाकिस्तानको तनाव थप चर्किएको छ ।

भारतीय सेेनाका अनुसार नियन्त्रण रेखा नजिकै चरमपन्थीमाथि सर्जिकल स्ट्राइक्स गरिएको हो । विदेश मन्त्रालयको पत्रकार सम्मेलनमा लेफि्टनेन जनरल रणवीर सिंहले भने, यो बुधबार राति भएको हो । जब आतंकवादी नियन्त्रण रेखामा जम्मा भएका थिए ।’

उनका अनुसार आतंकवादीको लञ्च प्याडमा भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको थियो । यसबाट आतंकवादीहरुलाई ठूलो क्षति पुगेको र अपरेशन सकिएको बताएको छ ।

आफ्नो रक्षाका लागि तयार छौंः पाकिस्तान

डन न्यूजका अनुसार यो घटनामा चरमपन्थी होइन, दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाफ शरीफले यसलाई ‘भारतको खुला अत्याचार’ भनेको पीटीबीले जनाएको छ । उनले आफ्नो रक्षाका लागि पाकिस्तान तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?