Comments Add Comment

भारतीय सेना पाकिस्तानमा घुसेपछि प्रधानमन्त्री शरीफले बोलाए सुरक्षा परिषद् बैठक

nawaz sarif१४ असोज, काठमाडौं । भारत-पाक नियन्त्रण रेखामा भारतले सञ्चालन गरेको ‘सर्जिकल स्ट्राइक’ पछि दुई देशबीच बढेको तनावका बारेमा छलफल गर्न पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले मन्त्रिमण्डल तथा राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् ।

संसदको संयुक्त सत्र यसअघिनै बोलाइसकिएको छ ।  उता, नियन्त्रण रेखाका दुवै तर्फका सीमा नजिक रहेको गाउँबाट स्थानीयलाई हटाइएको छ ।

शुक्रबार पाकिस्तानको केन्द्रीय मन्त्रिमण्डल को बैठक बोलाइएको छ । जसमा भारत प्रशासित कश्मीरको एजेण्डमा छलफल हुने जनाइएको छ ।

प्रधानमन्त्री कार्यालयले बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्री नवाज शरीफले नियन्त्रण रेखाका ेस्थिति तथा भारत प्रशासित काश्मीरमा भारतको ‘अत्याचार’ बारे चर्चाको लागि मंगलबारको राष्ट्रिय सुरक्षा समितको बैठक बोलाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय सुरक्षा समितिको बैठकमा भाग लिन चारै प्रान्तका मुख्यमन्त्रीको बोलाइएको छ ।

भारतले बिहिबार विहान नियन्त्रण रेखामा पाकिस्तान प्रशासित क्षेत्रमा चरमपन्थी बिरुद्ध ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरेको छ । तर, पाकिस्तानले भारतले ‘सर्जिकल स्ट्राइक’ नगरेको तर पाकिस्तानी क्षेत्रमा विना कुनै कारण फयरिङ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment