Comments Add Comment

आयल निगम ४२ करोड नाफामा, तर घटेन इन्धनको मूल्य

२२ चैत, काठमाडौं । राजधानीबाट आज प्रकाशित पत्रिकाहरुमा हुरी प्रभावित बारा र पर्साकै समाचारले प्राथमिकता पाएका छन् ।

राहत वितरण व्यवस्थित नभएको, सुत्केरी र बालबालिका जोखिममा रहेको, पीडितको घर बनाउने जिम्मा सरकारले पाएको लगायतका समाचार पत्रिकाको फ्रन्ट पेजमा छन् ।

कान्तिपुर दैनिकले प्रधानमन्त्री र मुख्यमन्त्री बीचको बैठकको विषयलाई मुख्य समाचार बनाएको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीले प्रदेश सरकार प्रभावकारी सञ्चालनका लागि केन्द्रले कुनै काम नगरिदिएको भन्दै प्रधानमन्त्रीसँग असन्तुष्टि पोखेको समाचारमा उल्लेख छ ।

साथै आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य नघटाएको समाचारलाई पनि कान्तिपुरले प्राथमिकता दिएको छ । समाचारमा लेखिए अनुसार अप्रिल १ देखि १५सम्म करिब ४२ करोड रुपैयाँ नाफामा आयल निगम छ ।

नागरिक दैनिकले आँधीहुरीबाट पीडित भएकाहरुको संख्या अझै नखुलेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले बालुवाटारस्थित ललिता निवासले चर्चेको जग्गा तत्कालीन भोगाधिकारीले सरकारबाट मुआब्जा लिएर पनि हडपेको पुष्टि भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय

अन्नपूर्ण पोष्ट दैनिकले बाराको भरवलिया गाउँका आँधीपीडित बस्तीलाई समाचारको मुख्य विषय बनाएको छ । ‘आशाको मुस्कान’ शीर्षकको समाचारमा पीडित परिवारका बालबालिकाहरु हाँस्दै आफ्नै सुरमा रमाएको तस्वीर प्रयोग गरिएको छ । समाचारमा लेखिएको छ- उद्दण्ड हुरी-भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने उजाडिएका छैनन् । उनीहरु भन्छन्, चिन्ता लिएर के गर्नु ? जे हुनु भइगयो र बरु सरकारले बेलैमा हेरिदिए हुन्थ्यो ।

यसैगरी आगामी तीन वर्षभित्र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा आउने समाचारलाई पनि अन्नपूर्णले प्राथमिकता दिएको छ । उचित राष्ट्रिय सुरक्षा नीति र रणनीति अन्तर्गत प्रतिरक्षा क्षमता वृद्धि गर्न सरकारले विश्वविद्यालय सञ्चालन गर्न लागेको समाचारमा उल्लेख छ ।

राजधानी दैनिकले भने संघीय राजधानीदेखि प्रदेश मुकाम र जिल्ला सदरमुकामहरुमा गल्लीपिच्छे खुलेका कोचिङ सेन्टरहरुले चर्को शुल्क लिएर विद्यार्थीहरुलाई ठगी गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

नेपाल समाचारपत्र दैनिकमा हुरी प्रभावित बाराको फेटा गाउँपालिका ६ पुरैनियाका सुत्केरी र बालबालिका जोखिममा रहेको समाचार छ ।

गोरखापत्र दैनिकले वैशाखमा राष्ट्रिय समन्वय परिषदको बैठक आह्वान गरिएको विषयलाई मुख्य समाचार छापेको छ । सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहबीचको समन्वयका लागि राष्ट्रिय समन्वय परिषदको बैठक बोलाउने बताएका थिए ।

कारोबार आर्थिक दैनिकले १५ औं योजनाको आधारपत्र स्वीकृत भएको र १३ मध्ये तीन स्मार्टसिटीको डीपीआर बन्दै गरेको विषयलाई समाचार बनाएर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment