+
+
Shares

राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको सम्बोधन ऐतिहासिक : परराष्ट्रमन्त्री खनाल

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ९:५४

१४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक रहेको बताएका छन्।

राष्ट्रसंघको महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खनालले यस्तो बताएका हुन्।

देशमा विकसित नयाँ राजनीतिक सन्दर्भ तथा भोटेकोशीको त्रासदीपूर्ण बाढी ‘हिमाली सुनामी’ को विषम परिस्थितिका बीच यसपटक नेपालले राष्ट्रसंघमा फरक र सशक्त रूपमा आफ्नो उपस्थिति जनाएको उनले स्पष्ट पारे।

‘प्रधानमन्त्रीको सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक रह्यो,’ मन्त्री खनालले भने, ‘उहाँले उठाउनुभएको जलवायु न्यायको मुद्दा, नेपाली राष्ट्रिय हितका विभिन्न पक्ष र अन्तर्राष्ट्रिय समुदायलाई गर्नुभएको सशक्त आह्वानले विश्व मञ्चको गम्भीर ध्यानाकर्षण गराएको छ। यो नेपालका लागि जलवायु न्याय हासिल गर्ने दिशामा महत्त्वपूर्ण कदम साबित हुनेछ।‘

भ्रमणका क्रममा महासभासहित विभिन्न उच्चस्तरीय सत्र तथा द्विपक्षीय भेटवार्ताहरू उपलब्धिमूलक रहेको मन्त्री खनालले जानकारी दिए। जलवायु विपद्पछिको पुनर्निर्माणमा उल्लेखनीय लगानी र स्रोतसाधन आवश्यक पर्ने भएकाले अन्तर्राष्ट्रिय साझेदार तथा समुदायसँग थप सहयोग र सहकार्यका लागि आह्वान गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?