१७ असोज, काठमाडौं । यस वर्षको चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार जापानका योसिनोरी ओसुमीले पाउने भएका छन् ।
नोबेल पुरस्कार छनोट समितिले टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजिका प्राध्यापक ओसुमीलाई सन् २०१६ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
उनले अटोफेजीमा महत्वपूर्ण अनुसन्धान गरेको र उनको अनुसन्धानले क्यान्सर एवम् पार्किन्सनका बिरामीहरुको उपचारमा सघाउ पुग्ने बताइएको छ ।
अटोफेजी मानव शरीरमा काम नलाग्ने कोषहरु नाश गर्ने संयन्त्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4