Comments Add Comment

कांग्रेस र भारतलाई डा. केसीको चेतावनी: लोकमानलाई इण्डिया लैजाओस्

dr-govinda-kc

६ कात्तिक, काठमाडौं । प्रा. डा. गोविन्द केसीले अख्तियार प्रमुख लोकमान कार्कीलाई महाअभियोगलाई लिएर नेपाली कांग्रेस र छिमेकी मुलुक भारतमाथि निशाना साँधेका छन् ।

अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाव दिने उद्देश्यले सोलिडारिटी फर डा. केसी एलाइन्सले सडक प्रदर्शन गरेको छ ।

नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस्

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै डा. केसीले ढिलै भएपनि एमाले र माओवादीले लोकमानतन्त्रको अन्त्यका लागि महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै स्वगत गरे ।

अख्तियार प्रमुख लोकमानले संविधानभन्दा माथि बसेर काम गरेको र लोकमान नत्र चलाएको भन्दै उनले पुष्पकमल दाहाल प्रचण्ड त देखावटी प्रधानमन्त्री मात्र भएको बताए ।

महाअभियोगको पइामा दह्रोसँग उभिन प्रधानमन्त्रीलाई आग्रह गर्दै उनले अघि भने, प्रचण्डजी खुट्टा नकमाउनुस् । प्रधानमन्त्रीको पद भन्दा  जनताको प्रिय प्रतिनिधि हुनु ठूलो कुरा हो ।’

लोकमानको अफिसमा जानुस्, संसदमा आउन जरुरी छैन

महाअभियोगको पक्षमा उभिन आलटाल गरेको भन्दै डा. केसी कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भए । आफूलाई देशको सबैभन्दा लोकतान्त्रिक भन्ने कांग्रेसले लोकमानतन्त्रको प्रार्थना गरिरहेको उनको टिप्पणी थियो ।

कांग्रेसका धेरै सांसद लोकमानतन्त्र अन्त्य गर्ने पक्षमा उत्रिने आफूलाई विश्वास रहेको उनले बताए । कांग्रेसका केही प्रभावशली नेता मात्र लोकमानको पक्षमा रहेको भन्दै उनले उनीहरु लोकमानसँगै सकिने चेतावनी दिए । ‘उस (लोकमान)लाई त निकालेर छाडिन्छ, डा. केसीले कांग्रेसलाई चेतावनी दिँदै भने, यदि (निर्णय गर्न) ढिलो गरे भने लोकमानसँगै जानुपर्छ ।’

संसद लोकमानको दरवार नभई जनताको आस्था केन्द्र भएको भन्दै उनले भने, जनताको हकहितका लागि लड्नेहरु मात्र त्यहाँ बस्न सक्छन् । लोकमानका सिपाही बस्नु पाप हुन्छ ।’ उनले अघि भने, लोकमानको अफिसमा जानुस्, संसदमा आउन जरुरी छैन ।’

लोकमानलाई इण्डिया लिएर जाओस्

विदेशी शक्तिले अख्तियार प्रमुख लोकमानलाई स्थापित गर्न खोजेको सुनेको भन्दै डा. केसीले भारतको नामै लिएर आलोचना गरे ।

भारतीयहरुमा अझै उपनिवेशको मानसिकता रहेको भन्दै उनले भने, नेपाल कसैको उपनिवेश होइन । भ्रष्टलाई यहाँ राखेर नेपाललाई चाकडी गराउन खोज्छ भने हुन सक्दैन । लोकमानलाई इण्डिया लिएर जाओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment