Comments Add Comment

वन्यजन्तु अस्पताल नबन्दा घाइते जनावरको उपचारमा समस्या

अस्पताल शिलान्यास स्थल झाडीमा परिणत

animal-hospital-1
तत्कालिन वन मन्त्री महेश आचार्य वन्यजन्तु अस्पतालको शिलान्यास गर्दै

८ कात्तिक, चितवन । नेपालको पहिलो निकुञ्न चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा वन्यजन्तु अस्पताल निर्माणको लागि शिल्यान्यास भएको २ बर्ष बित्यो । तर, अस्पताल बन्ने कुनै संकेत देखिएको छैन ।

अस्पताल बनाउनलागिएको स्थान अहिले झाडीमा परिणत भएको छ । वन्यजन्तु अस्पताल नहुँदा घाइते भएका जनावरको उपचारमा समस्या आएको छ । अस्पताल निर्माण गर्ने भनिएको स्थान नजिक रौटहतबाट ल्याईएको एक भाले बस्यक र पश्चिम चितवनमा बाघले आक्रमण गरि घाइते भएको केटो गैडा मरिसकेको छ । भने यसअघि मंगलपुर सेतीदेवी सामुदायिक वनमा एउटा पोथी गैंडा भालेको आक्रमणमा परेर घाइते भएको थियो । र, उपचारको क्रमममा गैंडा मरेको थियो ।

घाइते तथा विरामी वन्यजन्तु उपचारको लागि सुविधा सम्पन्न अस्पताल बनाउने भन्दै शिल्यान्यास गरिएको अस्पताल शिलनयासमा नै सिमित हुदाँ यहाँ धेरै वन्यजन्तुहरुले  जयान गुमाउनु परेको संरक्षणकर्मीहरुको भनाइ छ ।

नेपालमा नै पहिलो पटक घाइते, अपाङ्ग, विरामी तथा अशक्त वन्यजन्तुहरुको उद्दार गरी उपचार गर्न अस्पताल निर्माण गर्ने भन्दै निकै तामझामका साथ अस्पतालको शिलान्यास तत्कालिन वन मन्त्री महेश आचार्य २०७१ साल फागुन २० गते शिलन्यास गरेका थिए ।

यसवर्षभित्र निर्माण सम्पन्न गर्ने तयारीका साथ सिलान्याश गरिएको अस्पतालको कुनै काम हुन सकेको छैन । आर्थिक अभावका कारण अस्पताल निर्माणमा समस्या भएको चितवन राष्ट्रिय निकुञजका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए ।

उद्दार र घाइते भइ ल्याएका विरामीहरु उपचार भएकै हो-निकुञ्जका पुश चिकित्सक डा.कमल गैरेले अनलाइनखरसगँ भने, ‘एक्स-रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने उपकरण नहुदाँ बाहिरी उपचार भएपनि भित्रि उपचार नहुदाँ समस्या छ ।’

अस्पताल बन्न नसक्दा ठुला घाउ चोट र गोली लागेका बन्य जन्तुको अनुमानको आधारमा उपचार गर्नु परेको उनको भनाइ छ ।

२ करोडको लागतमा निर्माण हुने भनिएको अस्पतालको लागि अमेरीकाको डेनभर चिडीयाखाना विश्व बन्य जन्तु कोष र राष्ट्रिय प्रकृति सरक्षण कोषको सहयोगमा निर्माणका लागि गर्न लागिएको हो ।

प्रजनन् केन्द्र लगायत देशका अन्य केन्द्रहरुमा स्वास्थ्य सुविधा उपलब्ध गराउने अस्पतालको उद्देश्य रहेको भएपनि पछिल्लो पटक अस्पताल निर्माणको लागि आएको रकम अन्यत्र खर्च हुदाँ समस्या भएको राष्ट्रिय प्रकृति सरक्षण कोष सौराहाका प्रमुख डा. चिरन्जीवि पोख्रेरलले बताए ।

यस्तै, वन्यजन्तु सम्बन्धी विभिन्न रोग तथा स्वास्थ्य समस्या सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थासंग समन्वय एवम सहकार्य गरी अध्ययन अनुसन्धान गरिने तयरी समेत विफल भएको संरक्षणविद् रामप्रति यादवले बताए  ।

अस्पतालमा ४ जना चिकित्सक ७ जना प्राबिधिक एक्सरे कक्ष प्रयोगशाला र उपचार कक्ष रहने बताईएको थियो । हात्ती, बाघ, गैडाजस्ता ठूला वन्यजन्तुको एक्स-रेदेखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसगैँ त्यसका लागि मुभिङ एक्सरे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गर्न तयारी भएको थियो ।

gaida_killedबिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुन्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो । अहिलेसम्म काठमाडौं उपत्यकाका घाइते वन्यजन्तुलाई सदर चिडियाखानामा सामान्य उपचार गर्ने गरिएको छ ।

सामान्य उपचारपछि वन्यजन्तुलाई शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको जंगलमा छाड्ने गरिएको छ । चिडियाखानामा स्थान अभाव र भेटेरिनरी अपर्याप्त रहेका कारण वन्यजन्तुका लागि आवश्यक सबै उपचार सम्भव नभएका कारण चितवनमा अस्पताल बनाउन चितवनलाई रोनिएको निकुञजका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेलले बताए ।

घरपालुवा जनावरका लागि अस्पताल निर्माण भए पनि ठूला वन्यजन्तुको उपचारका लागि अहिलेसम्म व्यवस्थित अस्पताल बनेको थिएन । चितवन राष्ट्रिय निकुञ्ज र बाहिरका वन्यजन्तुका लागि सबैभन्दा सहज हुने अपेक्षा थियो । चितवनमा नै बेग्लै वन्यजन्तु उद्धार केन्ऽ समेत निर्माण हुन भने तयो पनि अझै अन्यौलमा रहेको उनले बताए ।

एक बर्ष २५ वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गएको आर्थिक बर्ष २०७२/७४ मा २५ वटा वन्यजन्तु मुत्यु भएको जनाएको छ । घाईते, जुधेर तथा उपचारका क्रममा ति जनावर मरेको हुन् । जस मध्ये १४ वटा गैडा रहेको र १० वटा बन्य जन्तु जुधेर बाघको आक्रमणबाट चोट पटकका कारण मृत्यु भएको थियो । भने यस आर्थिक बर्ष मात्रै ३ वटा गैडा मरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment