Comments Add Comment

जब ‘सेक्सी पोज’ देउन भन्दै भूवनले पूजालाई ताने

bhuwan-pooja
नायक भूवन केसी महिलाको मामालामा उदार छन् । उनको नाम थुप्रै नायिकादेखि चलचित्र क्षेत्र बाहिरका महिलासँग जोडिनु नयाँ कुरा होइन । भूवन गसिप बजारमा रमाउन चाहने नायक पनि हुन् ।

‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त भूवनको छ । चलचित्र ‘अझै पनि’को इन्ड क्ल्याप पार्टीमा नायक भूवन केसी र नायिका पूजा शर्माको दोस्ती गहिरो देखिएको थियो । पूजाकै कारण आफू आएको भन्दै भूवनले उनलाई फुर्काएका थिए ।

आइतबार काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको एक कार्यक्रममा पनि भूवनले पूजालाई यसरी नै फुर्काए र तस्बिर खिचाए ।
चलचित्र ‘प्रेमगीत’ चलेपछि उत्साहित भएकी पूजा अहिले हरेक कुरामा सचेत हुँदैछिन् । पहिरनमा त पूजा झनै सजग छिन् । केही मिडियाको लागि तस्बिर खिचाइरहेकी पूजालाई जब भूवनले देखे, उनको नजिक आए । पूजा र भूवनलाई एकसाथ राखेर मिडियाले तस्बिर खिचिरहेका थिए ।puja-and-buwan-3

भूवन पनि के कम । पूजालाई अझ नजिक तान्दै भने-‘सेक्सी पोज देउन ।’ भूवनले सेक्सी पोज देउन भनेपछि पूजा अझ खुलिन् र चकलेटी नायकसँग तस्बिर खिचाइन् । के यो तस्बिरमा, भूवनले भनेजस्तै उनी र पूजाको सेक्सी पोज देखियो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment