Comments Add Comment

सोमबारका टप १० समाचारः लोकमानसिंहको आतंकदेखि प्रचण्डको बाचासम्म

आज सोमबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

१. लोकमानसिंहको आतंकः प्रधानन्यायाधीशको कल डिटेल ! मुख्यसचिवलाई १३ पाना !

lokman-1

राजसंस्थाको छायाँमा राजाको हुकुम प्रमाङ्गीबाट शक्तिमा उदाएका लोकमानसिंह कार्कीले अख्तियार प्रमुख भएपछि फेरि एकपटक मुलुक कब्जा गर्ने दुस्साहस गरे । त्यहीबेला उनीविरुद्ध छापामार शैलीमा आक्रमण भयो  र अहिले उनी ‘सेबोटेज’को अवस्थामा छन् ।

२. टेकुमा यसरी निकालिँदैछ फोहोरबाट बिजुली (फोटोकथा)

फोहोरबाट बिजुली ! यो कुरा सुन्दा सुरुमा धेरैले पत्याएनन् । पत्याउन पनि कसरी ? समयमा नउठाउँदा सडक छेउमै फोहोर थुप्रिने र नाक थुन्दै हिड्नु पर्ने अवस्था अझै अन्त्य भएको छैन ।  तर, काठमाडौं महानगरपालिकाको फोहोरबाट बिजुली निकालेर फोहोर त मोहोर रहेछ भन्ने प्रमाणित गर्दैछ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको नाम मुछिएको छ । आफ्ना नातेदारको शेयर रहेको सो कलेजमा विद्यार्थी भर्ना कोटा बढाउन लोकमानसिंहले मेडिकल काउन्सिललाई दबाव दिएको महाअभियोग प्रस्तावमा आरोप लगाइएको छ ।

४. मेलम्चीको पानीः फेरि सर्‍यो भाका, पूरा भएन प्रचण्डको बाचा !

प्रधानमन्त्री प्रचण्डले मेलम्चीको स्थलगत अनुगमन गर्दै २०७४ को नयाँ वर्षको सुरुवातमै काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने बताएका थिए । तर, मेलम्ची खानेपानी आयोजनाले कुनै भैपरी नआएमा काठमाडौंबासीले २०७४ असोज महिनाभित्र मेलम्चीको पानी पिउन पाउने जनाएको छ ।

५. नेपाल दक्षिण एसियामै राम्रो कानुनी राज्य भएको देश

नेपाल दक्षिण एसियामा सबैभन्दा राम्रो कानुनी राज्य भएको देश भएको एक अध्ययनले देखाएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

६. जिविस कर्मचारीदेखि सिंगापुरे लाहुरेसम्म ‘आतंककारी’ संगठनमा

उपत्यकाका विभिन्न विद्यालयमा बम आतंक चलाउने एक समूहलाई पक्राउ गरेको एक साता नवित्दै प्रहरीले त्यस्तै आतंककारी शैलीको एक सशस्त्र समूहलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको विषेश ब्युरोले पाँच दिनदेखि चलाएको विशेष कारबाहीमा हतियार तथा विष्फोटक पदार्थसहित ‘मंगोल मुलबासी राष्ट्रिय फोर्स’ नामको भूमिगत समूहको नाइकेसहित १३ जनालाई पक्राउ गरेको हो ।

७. ‘निजी अस्पतालले नर्सहरुको आर्थिक शोषण गरे’

तारा पोखरेल नर्सिङ पेशामा लागेको झण्डै ४० वर्ष हुन लाग्यो । विगत २५ वर्षदेखि उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा नर्सिङ विषयको अध्यापन गराउँदै आएकी छिन् ।

८. लोकमान प्रकरणमा एमालेसँग कांग्रेस किन डरायो ? प्रदीप ज्ञवालीले औंल्याए ४ कारण

कांग्रेसका प्रभावशाली नेताहरुले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महअभियोगलाई सत्ता गठवन्धनसँग जोडेर एमालेको षड्यन्त्रको संज्ञा दिएका छन् । उसो त एमाले मात्र होइन, माओवादी नेताहरुले पटक पटक उसको खण्डन पनि नगरेका होइनन् । तर, कांग्रेस नेताहरु महअभियोगलाई एमालेको षड्यन्त्र भन्दै नेतृत्वलाई दबाव दिइरहेका छन् ।

९. आमाको काख प्यारो कि कोरियाको लाख ?

पैसा भन्ने चिज नभएपछि साहुहरु सिंह बन्दा रहेछन्, छिमेकीहरु शत्रु बन्दा रहेछन्, आफन्तहरु पराइ हुँदा रहेछन् अनि पँधेरा, चौतारा र भट्टी पसलमा आफू गफको विषय बनिँदो रहेछ ।

१०. जब ‘सेक्सी पोज’ देउ न भन्दै भूवनले पूजालाई ताने

नायक भूवन केसी महिलाको मामालामा उदार छन् । उनको नाम थुप्रै नायिकादेखि चलचित्र क्षेत्र बाहिरका महिलासँग जोडिनु नयाँ कुरा होइन । भूवन गसिप बजारमा रमाउन चाहने नायक पनि हुन् ।

र, यो पनि

धोका दिने मायालुलाई देखाउन यी युवकले भित्राए एकसाथ चार पत्नी

आफूलाई छाडेर जाने भुपु मायालुलाई देखाइदिनका लागि कुनै तन्नेरीले के सम्म गर्ला ? कतिले त झ्वाँकमा आत्महत्या तथा हत्यासम्मको बाटो पनि रोज्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment