Comments Add Comment

एप्पल र गुगल किन सौर्य उर्जातिर आकर्षित हुँदैछन् ?

apple-solar-pannel

अमेरिकी कम्पनी एप्पललाई तपाईं कस्तो तरिकाले बुझ्नुहुन्छ ? यही कि एक स्मार्टफोन, स्मार्ट वाच र कम्युटर-ल्यापटप बनाउने कम्पनी हो । तर, सायद तपाईंले यो थाहा पाउनुभएको छैन कि यो कम्पनीले बिजुली बेच्ने तयारी पनि गरिरहेको छ ।

गत बर्ष एप्पलले अमेरिकाको क्यालिफोर्नियामा एक सोलार फार्म किनेको थियो र यसै बर्षको अगष्ट महिनामा उसले बिजुली बेच्ने अधिकार पनि पाएको छ ।

वास्तवमा कम्पनीको उद्देश्य यो छ कि आफुले उत्पादन गरेको बिजुली कुनै कोइला, तेल वा ग्यास प्रयोग भइरहेको ठाउँमा प्रतिस्थापित होस् । जसले पर्यावरणको नोक्सान नहोस् । यसैकारण एप्पलले मोटो रकमको दाउ बिजुलीमा लगाएको हो ।

उर्जा क्षेत्रमा रकम लगानी गर्ने एप्पल एकल कम्पनी भने होइन । थुप्रै अन्य अमेरिकी कम्पनी निक्कै सुझबुझ तरिकाले बन्न लागेको बिजुलीको खोजी गरिरहेका छन् ।

हालसालैमात्र अनलाइन कम्पनी अमेजनले अमेरिकाको टेक्सासमा २५३ मेघावाटको एक विण्ड फार्म बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । गुगलले पनि यसै क्रममा घर घरमा सोलार प्यानल पुर्‍याउनका लागि सनपावर कम्पनीसँग सहकार्य गरेको छ ।

hawa-bata

यसका अलावा इवानपा सोलार इलेक्टि्रक जेनेरेटिक सिस्टमले पनि ठूलो रकम यसमा लगानी गरेको छ । धेरै कम्पनीहरुले नवीकरणीय उर्जामा मोटो रकम लगानी गरिरहेका छन् ।

अब जिज्ञासा यो उठ्न थालेको छ कि एप्पल जस्तो कम्पनीले क्लिन इनर्जीमा यति चासो दिन किन सुरु गरे ?

आइएचएस टेक्नोलोजीमा सोलार इनर्जीका बिज्ञ ऐश शर्माका अनुसार धेरै कम्पनीहरुका लागि आफ्नो कामका लागि ठूलो मात्रामा बिजुलीको आवश्यकता पर्छ । यसका मेसिन चौबीसै घण्टा चल्नुपर्छ ।

यसका अलावा यस मेसिनलाई चिसो राखिराख्न त्यत्तिकै समय एसी चलाउनुपर्छ । यो सबैका लागि धेरै बिजुली खपत हुन्छ । बिजुली कम्पनीबाट थोरै मूल्यमा बिजुली निक्क पाउनु पनि उनीहरुका लागि सजिलो हुँदैन ।

अन्य तरिकाबाट उत्पादित बिजुलीभन्दा सोलार इनर्जी निक्कै सस्तो पर्छ । यसकारण कम्पनीहरु भविश्यमा उर्जाको अन्य बिकल्पहरुको खोजीमा लागेका छन् ।

यी कम्पनीहरुको लक्ष्य सोलार इनर्जीमा बढी छ । कारण यही हो कि यसबाट उत्पादित बिजुली सस्तो पर्छ । पछिल्ला केहि समययता सोलार इनर्जीको मूल्य निक्कै घटेको छ ।

पछिल्लो महिना संयुक्त अरव इमिरेट्सको अबुधावीमा एक सोलार प्लान्टको निर्माणबारे टेण्डर भएको थियो । त्यहाँ चीन र जापानका कम्पनीहरुले सोलार फार्म बनाउन आवेदन दिए । उनीहरुले २.५ सेन्ट प्रतिकिलोवाट प्रतिघण्टा भन्दा कम मूल्यमा बिजुली बनाउने दावी पेश गरे ।

यो साँच्चै नै उर्जाको परम्परागत श्रोत जस्तै कोइला वा ग्यासबाट बन्ने बिजुलीको तुलनामा निक्कै सस्तो पर्न आयो । यो कुनैपनि सोलार फार्मका लागि बनाउने कम्पनीले प्रक्षेपण गरेको सबैभन्दा कम मूल्य हो ।

ऐश शर्मा भन्छन्, ‘सोलार इनर्जी बनाउने क्रम निक्कै बढेको छ । यसको कारण निक्कै सस्तो हुनु हो ।’ सोलार प्यानलको उत्पादन गर्नेमा चीन विश्वमै सबभन्दा अगाडि छ । पूरा विश्वमा निर्यात गरिने सोलार प्यालनको ८० प्रतिशत हिस्सा चीनमा उत्पादन हुन्छ ।

ऐश शर्माले भने, ‘जसरी कम्पनीहरुले थाहा पाए कि सोलार फार्म बनाउनमा लागत कम लाग्छ त संसारभर ठूलो परिमाणमा सोलार फार्म बनाउन थालिएको छ । केहि बर्ष अघिसम्म ५० मेघावाटको सोलार प्लान्ट बनाउन ठूलो रकम लाग्थ्यो । तर, अब सयौं मेघावाटको सालार प्रोजेक्ट बनाउन थानिएको छ । मुलुकको सरकारले नै यसलाई बढावा दिइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment