Comments Add Comment

इराकको व्यस्त बजारमा हवाई हमला, ६३ बढीको मृत्यु

blast-bomb२३ मंसिर, काठमाडौं । इराकमा इस्लामिक स्टेटको कब्जामा रहेको अल कैम क्षेत्रमा हवाई हमलामा ६३ भन्दा धेरैको ज्यान गएको छ ।

मृत्यु हुनेमा धेरै बालबालिका र महिला रहेको बीबीसीले जनाएको छ । अमेरिकी नेतृत्ववाला गठबन्धन तथा इराकी एयर फोर्स दवै लगातार यर क्षेत्रमा बम खसालिरहेका छन् । तर, अलिसेसम्म यो हमला कसले गरेको भन्नेबारे पुष्टि हुन सकेको छैन ।

मेडिकल सूत्रहरुका अनुसार हमलामा कम्तिमा ६३ मानिसको मृत्यु भएको छ । सिरिया लगत्तै इराकको उक्त सहरमा उज्ञात जेट विमानबाट मिसाइल हमला गरिएको थियो । र, हमलाको निशाना चुक्दा रिहाईशी क्षेत्रमा खसेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मिसाइलको निशाना इस्लामिक स्टेटको हेर्डक्वाटरको क्षेत्रमा खसाल्न लागिएको थियो । तर, मिसाइल एक व्यस्त बजारवाला क्षेत्रमा खसेको थियो ।

स्लामिक स्टेटसँग सम्बन्धित अमाका न्यूज एजेन्सीले हमलामा १२० मानिस मारिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment