Comments Add Comment

सुमनको ‘साथी साथी’ सार्वजनिक

sathi-sathi-video-release
गायक सुमन श्रेष्ठ (संगम)को नयाँ गीत ‘साथी साथी’को म्युजिक भिडियो धरानमा सार्वजनिक गरिएको छ । गोपाल दाहालको शब्द र वसन्त सापकोटाको संगीत रहेको गीतको भिडियो नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक, संगीतकार गणेश रसिक र भिडियोका कलाकारले संयुक्त रुपमा भिडियो सार्वजनिक गरे ।

रसिकले साथीसाथी मिलेर निर्माण गरेको गीत र भिडियोले समाजमा सकारात्मक सन्देश दिएको बताए । उनले भने- ‘अहिलेको विभाजीत समयमा विभिन्न पेशा, जातीका साथीहरु मिलेर काम गरेको देख्दा खुसी लाग्यो । उनिहरुको सांगीतिक सम्बन्ध नारायण गोपाल र गोपाल योञ्जनको जस्तो होस् ।’

गायक सुमनले नै निर्देशन गरेको ‘साथी साथी’ भिडियोसँगै उनकै पुरानो गीतको भिडियो’ गरिदेऊ काम’ नेताहरु प्रदर्शन गरिएको कार्यक्रममा सुमनका ९ भिडियोको संगालो ‘साथी’ पनि सार्वजनिक गरियो ।

कार्यक्रममा गायक सुमन र नोभा लिम्बुले आफ्नो गीत ‘प्रितिको फूल’ प्रस्तुत गरे भने हाम्रो डान्स सेन्टरका कलाकारहरुले सुमनकै ‘झ्याई पार्ने सुर’ र ‘धागो चर्खा’को गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । साथी साथी गीतका गीतकार गोपाल दाहालले गीतबाट सुरु भएको साथीसाथी समूहले गीतसँग अन्य सामाजिक कार्यपनि गर्ने बताए । साथी समूहमा विभिन्न जाती र पेशाका युवाहरु आवद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment