Comments Add Comment

पशुपतिले मञ्जुलाई मुख छाडेपछि…

manju-poudel

काठमाडौं । गायक पशुपति शर्मा र मञ्जु पौडेलविचको घम्साघम्सी अहिले लोकगीत सुन्ने स्रोतालाई मनोरञ्जनको विषय बनेको छ ।

पशुपति शर्मासंग रोइला गीत गाएकी मञ्जुले यो गीत अन्य भन्दा केही फरक भएको बताईन् । उनको भनाई अनुसार यसमा गाउमा बोलचाल गरिने टिपिकल शब्द रहेको छ ।

रोईला गीत गाउँदा दुई समुहविच हुने घम्सा घम्सी हुने धारणा राख्ने मञ्जु भिडियोमा पनि त्यो मौलिक पन रहेको दाबी गर्छिन । मञ्जुसंग केहि गीतमा स्वर दिएका पशुपतिले रोइला गीतमा स्वर दिँदा रमाईलो लागेको बताए ।

बिएम्स फिल्मस प्रालिले बजारमा ल्याएको यस भिडियोमा पशुपति र मञ्जुसंगै कबिता र नरेशले मोडलिङ गरेका छन् । पशुपति र मञ्जुको शब्द रहेको यस गीतमा संगीत मञ्जुकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment