Comments Add Comment

न्युरोडमा फेरि खुल्यो सामसुङ स्मार्टफोन क्याफे

samsung-showroom
२३ मंसिर, काठमाडौं । नेपालभरि २१ वटा सामसङ्का आधिकारिक शोरुम भएको आइएमएस स्मार्टले काठमाडौंको न्यू रोड पाको अवस्थित आफ्नो सामसङ स्मार्टफोन क्याफे फेरि सुरु गरेको छ ।

ग्राहकहरुलाई विश्वस्तरीय सपिङ्गको अनुभव प्रदान गर्न स्टोरमा आधुनिक सुविधा तथा संरचनाहरुको राख्ने उद्देश्यले मर्मत चलिरहेको थियो ।

ब्राण्ड शपको अनावरण आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रासँगै कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष दिकेश मल्होत्राले गरे ।

अनावरण कार्यक्रममा अध्यक्ष दिपक मल्होत्राले ग्राहकहरुलाई उत्कृष्ट अनुभव सबैभन्दा अनुकुल स्थानहरुमा प्रदान गर्ने उद्देश्य रहेको बताए ।

यसै उपलक्ष्यमा ग्राहकहरुलाई थप सुविधा पस्कन र शोरुम पुनः सुरु भएको उत्सवमा कम्पनीले मंसिर २९ सम्म सामसुङ मोबाइल फोनको खरिदमा ६ जीबीको डाटा कार्ड निःशुल्क प्रदान गर्ने भएको छ । अन्य स्टोरहरुबाट ३ जीबीको डाटा कार्ड प्रदान गरिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment