Comments Add Comment

बुटवलमा बिरामी बोकेको एम्बुलेन्स तोडफोड

anbulence-todfod

३ पुस बुटवल । प्रदेश सीमांकन हेरफेरको बिरोधमा बुटवलमा भइरहेको आन्दोलन अराजक बन्दै गएको छ । बन्दको बहानामा शनिबार साँझ बिरामी बोकेको एम्बुलेन्समा समेत प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

आन्दोलनकारीले भुपु शैनिक क्लव बुटवलको लु १ च २१३१ नम्बरको एम्बुलेन्स तोडफोड गरेका हुन् । भैरहवा बिमानस्थलबाट बिरामी लिएर आउदै गरेको एम्बुलेन्स माथि तोडफोड भएको हो ।

प्रहरी बिटकै अगाडि एम्बुलेन्स तोडफोड हुँदा समेत प्रहरी मुक्दर्शक बनेको थियो । एम्बुलेन्स विरामी बोकेर बुटवल ९ को दीपनगर जाँदै गरेको चालक ज्ञान बहादुर भट्टचनले अनलाइनखबरलाई बताए ।

चालकका अनुसार काठमाडौंमा मुटुको शल्यक्रिया गरेर ल्याइएका विरामी शनिचरी श्रेष्ठलाई एम्बुलेन्सको सिसाले काटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment