Comments Add Comment

निर्माता संघको अध्यक्षमा आकाश निर्विरोध, निश्चलदेखि दीपेन्द्रसम्म कार्यसमितीमा

nirmata-sanga-chunab
चलचित्र निर्माता संघको अध्यक्ष पदमा निर्माता आकाश अधिकारी निर्विरोध विजयी भएका छन् । आज सम्पन्न निर्माता संघको १४ औ साधारण सभा र त्यसपछिको चुनावी अधिवेशनबाट आकाश निर्विरोध भएका हुन् ।

यस्तै, उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले निर्विरोध भएका छन् । निर्माता केशव भट्टराइलाई भने वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ । आजै विधान संसोधन गरि, वरिष्ठ उपाध्यक्ष पद थपिएको छ भने सदस्य संख्या ११ जना पुर्‍याइएको छ ।

यस्तै, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध विजयी भएका छन् । सदस्य पदमा पनि ९ जना निर्विरोध नै भएका छन् ।

निर्माता संघको सदस्यमा करिश्मा मानन्धर, रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल निर्विरोध विजयी भएका छन् । विधान संसोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ । यस्तै, अन्य २ जना सदस्यलाई नयाँ कार्यसमितीले मनोनित गर्नेछ ।nirmata-sanga-new-team

चलचित्र निर्माता संघमा सधै चुनावी लफडा भएको पाइएतापनि यस पटक भने सबै पदमा सर्वसम्मत नै भएको छ । यसले निर्माताहरु अब एक छन् भन्ने देखाएको छ ।

यस्तै, निर्माता संघको नयाँ कार्यसमितीमा यसपटक यूवाहरुको टिम आएको छ । जसले, बक्स अफिस र शेयर प्रतिशतलाई मुख्य एजेन्डा बनाउने बताएको छ ।
अध्यक्ष पदमा विजयी भएपछि आकाश अधिकारीले बक्स अफिस लगायतका एजेन्डा आफ्नो मुख्य प्राथमिकतामा रहने बताए । उनले निर्माताहरुको हक हितका लागि काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment