+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

रासस रासस
२०७३ माघ १ गते ११:१९

१ माघ, पोखरा। स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन्।

kuposanबाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित समापन समारोहमा उहाँले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालयको नेतृत्वमा अन्य सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

निर्वाचन क्षेत्रमा स्वास्थ्यचौकी निर्माण, खानेपानी, सडकलगायत भौतिक निर्माण जस्तै खोपसँगै पोषण कार्यक्रमलाई पनि तल्लो तहसम्म पुर्याउनका लागि जनप्रतिनिधिसँग सहकार्य गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको जोड थियो ।

गोष्ठीले पोषण कार्यक्रमलाई प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पहुँचमा पुर्याउँदै दिगो विकासका लक्ष्य हासिल गर्न दशबुँदे पोखरा प्रतिबद्धतासमेत जारी गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?