+
+
Shares

आचारसंहिता उल्लंघन उजुरीमाथि अनुसन्धान भइरहेको छ : आयोग

प्रत्यक्षतर्फ ७२ लाखभन्दा बढी मतपत्र छपाइ कार्य सम्पन्न 

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २२ गते १८:०१
फाइल तस्वीर

२२ माघ, काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघनका उजुरीहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बताएका छन् ।

बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी यस्तो बताएका हुन् ।

उनले केही उम्मेदवारविरुद्ध आचारसंहिता उल्लंघनको उजुरी आयोगमा परेको उल्लेख गर्दै उजुरीउपर आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको बताए ।

उम्मेदवारहरूले स्पष्टीकरण बुझाउने कार्य जारी रहेको भन्दै उनले प्राप्त उजुरीको अध्ययनपछि आयोगले आवश्यक निर्णय लिने उनको भनाइ छ ।

उनले भने, ‘आचारसंहिता हामीले कडाईका साथ लागु गरेका छौँ । त्यसको पालना भयो कि भएन भनेर हामी अनुगमन पनि गरिरहेका छौँ । केही उम्मेदवारहरूविरुद्ध उजुरी पनि आएको छ । हामीले उहाँहरूलाई स्पष्टीकरण समेत सोधेका छौँ । केहीले स्पष्टीकरण पठाउनुभएको छ । र केही आउने क्रममा छन् । स्पष्टीकरण आइसकेपछि त्यसको अध्ययनको आधारमा आवश्यक निर्णय गर्छौँ । निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ । सञ्चारमाध्यमहरूले समेत पक्ष र विपक्षभन्दा पनि निष्पक्ष सामग्री बनाइदिन आग्रह गर्न चाहान्छु । तोकिएको मिति र समयमै निर्वाचन हुन्छ ।’

अगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य जारी छ ।

हालसम्म ७२ लाख ६० हजार मतपत्र छपाई भई ५ हजार ८ सय २५ बाकस प्याकिङ भइसकेको आयोगले जानकारी दिएको छ ।

जम्मा २ करोड ३ लाख २३ हजार मतपत्र आवश्यक पर्ने बताइएको छ ।

त्यस्तै समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि आवश्यक २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ कार्य सम्पन्न ढुवानीका लागि तयारी अवस्थामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?