२२ माघ, काठमाडौं । नेपाली कांग्रेसले कुनै पार्टीसँग चुनावी गठबन्धन नगर्ने बताएको छ । बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले कुनै दलसँग पनि गठबन्धन नगर्ने बताएका हुन् ।
पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका हुन् ।
‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ,’ उनले भने, ‘हामी दृढतापूर्वक प्रचारमा लागेका छौं । सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’
चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नौतिकताको विषय नभएको पनि उनले बताए ।
‘चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय त बन्ला र नौतिकताको विषय चाँही होइन्,’ प्रवक्ता चालिसेले भने, ‘त्यो नुहुनुपर्ने थियो भयो । तर, स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक त्यो कर्तव्य सरकारको हो । सरकार त्यसमा लाग्नुपर्छ ।’
उनले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे ।
प्रतिक्रिया 4