Comments Add Comment

अवैधानिक विदेशी कामदारलाई अस्थायी ‘वर्कपास’ दिने मलेसिया सरकारको घोषणा

४ क्षेत्रमा कामदार लिने निर्णय

४ माघ, काठमाडौं । मलेसिया सरकारले आफ्ना देशमा कार्यरत गैह्रकानुनी विदेशी कामदारका लागि अस्थायी ‘वर्कपास’ दिने घोषणा गरेको छ ।

zahid-hamidi

मलेसिया सरकारले अब अवैध कामदारलाई अस्थायी वर्कपास लिएर काम गर्न सक्ने गरी नयाँ ब्यवस्थाको घोषणा गरेको हो ।

यसले मलेसियमा अवैधानिक रुपमा रहेका हजारौं नेपाली कामदारलाई पनि राहत मिल्नेछ ।

विभिन्न क्षेत्रमा कामदार अभाव भएको र उद्योगहरुको सञ्चालनमै अवरोध पुगेको गुनासो बढ्दै गएपछि सरकारले अवैधानिकलाई अस्थायी श्रम अनुमति दिन लागेको उपप्रधानमन्त्री डा. अहमद  जाहिद हमिदीलाई उद्धृत गर्दै द स्टार अनलाइनले लेखेको छ।

अवैधानिक कामदार अब विना कुनै दण्ड तथा जरिवना त्यहाँ थप केही समय वैधानिक बनेर काम गर्न पाउनेछन् ।

मलेसियाका उपप्रधानमन्त्री डा. हमिदीले अध्यागमन विभागले त्यस्तो वर्क पास जारी गर्ने बताए । लेबी भने वर्कपास लिएकाहरुसँग पनि उठाइनेछ । यसलाई अहिलेकै सामान्य प्रक्रियाबाटै जारी गर्ने उनको भनाइ छ ।

‘महान्याधिवक्ताको कार्यालयले एउटा वैधानिक मार्ग र प्रक्रिया निर्धारण गरेपछि अस्थायी वर्क पर्मिट दिने काम सुरु हुन्छ,’ मन्त्रिपरिषद्को अवैधानिक वैदेशिक कामदारसम्न्धी कमिटीको बैठकपछि उपप्रधानमन्त्री हमिदीले भनेका छन् ।

४ वटा क्षेत्रमा कामदार लिने निर्णय

मलेसिया सरकारले तत्काललाई ४ वटा क्षेत्रमा विदेशी कामदार लिन सुरु गर्ने निर्णय पनि गरेको छ ।

कामदारको अत्यधिक अभाव देखिएका खानी उत्खखन, कृषि, टुरिजम तथा हस्पीटालिटी, कार्गा ह्याण्डिङ क्षेत्रमा मलेसियाले थप विदेशी कामदार लिने भएको हो । यो क्षेत्रमा सन् २०२० सम्मलाई मात्रै कादार लैजान पाइनेछ ।

मलेसियाले लामो समयदेखि विदेशी कामदार लिन बन्द गरेको छ । अवैधानिक कामदारको समस्या भोगिरहेको मलेसियाले नयाँ कामदार लैजाने अनुमति नदिँदा धेरै उद्योगहरु प्रभावित भएका छन् ।

यसैका कारण नेपालीको प्रमुख गन्तब्य रहेको मलेसिया अहिले खाडी मुलुकभन्दा पछि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment