Comments Add Comment

एनटिभीको नयाँ नेतृत्व यसै साता, कोहलपुरको प्रसारण फागुनभित्रैः मन्त्री कार्की

४ माघ, कोहलपुर । नेपाल टेलिभिजनको कोहलपुर क्षेत्रीय प्रसारण फागुन महिनाभित्रै सञ्चालनमा आउने सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताएका छन् । यसैसाता नेपाल टेलिभिजनमा नयाँ नेतृत्व चयन हुन लागेको जानकारी पनि उनले दिए ।

ram-karki-at-nepalganjप्रेस सेन्टर बाँकेले मंगलबार राँझा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कोहलपुरस्थित नेपाल टेलिभिजनको क्षेत्रिय प्रसारणका लागि आवश्यक सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको जानकारी दिए । हाल बन्द रहेको कोहलपुर क्षेत्रीय प्रसारण फागुनभित्रै सुरु गर्न आफूले निर्देशन दिइसकेको उनले जानकारी दिए ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले संविधान संशोधन प्रस्ताव फेल भए पनि संविधानले तोकेको समयसीमा भित्रै निर्वाचन सम्पन्न हुने दाबी गरे । निर्घारित समयसीमा भित्रै तिनै तहको निर्वाचन गर्न सरकार तयारीमा जुटेको उनले बताए ।

छिट्टै संविधान संशोधन प्रस्ताव पास हुने वातावरण बन्दै गएको दाबी गरेका मन्त्री कार्कीले संविधान संशोधन प्रस्तावको नतिजा जे भए पनि निर्वाचन प्रक्रियालाई कुनै असर नगर्ने दाबी गरे ।

राष्ट्रिय समाचार समितिको नवनिर्मित भवन उदघाटन गर्न दाङ जानेक्रममा मन्त्री कार्की बाँके आएका हुन् । नेपालगञ्जस्थित नेपाल टेलिकम, रासस, हुलाक कार्यालय तथा सञ्चार केन्द्रको अवलोकन गरेर मन्त्री कार्की दाङ प्रस्थान गरे ।

-संगिन शर्माबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment