Comments Add Comment

चीनका मास्क व्वाईः जसका देखिन्छन् दुई अनुहार

chinas-mask-boy-1

दैवले पनि मानिसमाथि कहिले काहीँ अनौठो मजाक गरिदिन्छ । यी चिनियाँ बालकको हकमा यस्तै मजाक भएको छ । उनलाई झट्ट हेर्दा जो कोही तर्सिन्छन् ।

 

चीनको दक्षिणी हुनान प्रान्तमा जन्मेका हुइकाङ नाम गरेका बालकका ‘दुईवटा अनुहार’ भएको प्रतित हुन्छ । उनको मुखको दुवैतर्फबाट कानसम्म खाल्डो परेको छ जसले गर्दा एउटा अनुहारमा अर्को अनुहार खप्टिए जस्तो वा अनुहारमा मुखुन्डो लगाएजस्तो देखिन्छ ।

यो एउटा दुर्लभ प्रकृतिको विकृति हो । चिनियाँ सञ्चारमाध्यमहरुले हुइकाङलाई ‘मास्क व्वाई’ को उपनाम दिएको डेली मेलले लेखेको छ ।

chinas-mask-boy-2

सन् २००९ को मार्च ४ मा एक सामान्य किसान परिवारमा उनको जन्म भएको थियो । आफूले जन्म दिएको बच्चालाई पहिलोपटक बोक्दा आमालाई अद्भुत खुशी हुन्छ ।

तर, हुइकाङकी आमा यी लियाङ्सीले त्यो अनुभुति गर्न सकिनन् । पहिलोपटक छोराको अनुहार देख्दा उनी नराम्ररी तर्सिइन् ।

डाक्टरहरुले सुरुमा उनलाई बच्चा देखाउन सकेका थिएनन् । जब उनले बारम्बार आग्रह गरिन्, डाक्टर बच्चा उनको हातमा राखिदिए ।

चाङ्सा इभिनिङ न्युजका समाचारदातासँग लियाङ्सी भन्छिन्, ‘त्यतिबेला मेरो शरीर नै लाटो जस्तोभयो । बच्चा राइरहेको थियो । मेरो पनि भक्कानो फुट्यो । मुटु चुँडिए जस्तो भयो ।’

chinas-mask-boy-3

धेरैले उनलाई बच्चा फ्याक्न पनि सुझाव दिएका थिए । तर, एउटी आमाको मन कसरी मान्थ्यो ?

बच्चाको विकृत अनुहारलाई लिएर गाउँमा धेरै छिमेकीहरुले उनीहरुलाई खिसिट्यूरी पनि गरे । उनले सबै सहेर बसिन् । बच्चा जन्मिदा लियाङ्सी २३ वर्षकी थिइन् । गर्भवती हुँदा तीन पटक अल्ट्रासाउन्ड गराएको तर, कुनै खोट नदेखिएको उनी बताउँछिन् ।

सन् २०१० मा लियाङसीले आफ्नो छोरालाई चाङसास्थित सैनिक अस्पतालमा लिएर जाँदा पहिलोपटक मिडियाले उनको बारेमा कभरेज गरेका थिए । त्यसपछि लाखौं मानिसहरुको ध्यानाकर्षण भयो र परिवारप्रति सहानुभुति र आर्थिक सहयोग आउन थाले ।

बच्चाको उपचारमा संलग्न डा. वाङ डुक्वानले यो असाध्य दुर्लभ र गम्भीर घटना भएको बताएका थिए । त्यतिबेला उनले भनेका थिए, ‘बच्चाको नरम स्नायू मात्र क्षतिग्रस्त छैन, अस्थाई हड्डी, गालाको हड्डी र माथिको बंगारा सबै खतम छन् ।’

chinas-mask-boy-4

सर्वसाधारण जनताबाट केही आर्थिक संकलन भएपछि २०१० मा हुइकाङको शल्यक्रिया गरियो । त्यसको लागि ४ लाख यूआन खर्च भएको थियो । सैनिक अस्पतालमा १९ मे र १ सेप्टेम्बरमा उनका दुई शल्यक्रिया गरिए । दुवै शल्यक्रियामा संलग्न डा. डुक्वानले एक टेलिभिजन अन्तरवार्तामा शल्यक्रिया सफल भएको बताएका थिए ।

तर, अनुहारको हड्डी स्वभाविक तरीकाले विकसित हुन्छ कि हुँदैन भनेर हेर्न १० वर्ष पर्खिनुपर्ने उनको भनाइ थियो । त्यतिबेलाको टिभी फुटेजमा शल्यक्रियापछि हुइकाङमा केही सुधार आएको देखिन्छ ।

सात वर्षसम्म चिनिया सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको समाचार छ्याप्छ्याप्ति भयो । तर, दुःखको कुरा उनको विषयमा नयाँ समाचार कतै सार्वजनिक भएको छैन । अहिले उनको अवस्था कस्तो छ भन्ने तथ्य मिडियाले बाहिर ल्याउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment