६ पुस, काठमाडौं । अाज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएका छन् ।
कारोबार दैनिकले भूकम्पपीडितका ५० हजार बन्डल जस्तापाता गोदाममै थन्किएको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, तरलतामा राष्ट्र बैंक र बैंकहरुबीच लुकामारी भएको समाचारलाई पनि महत्वपूर्ण स्थान दिएको छ । ‘लक्षित वर्गसम्म पुगेन कृषि बिमा’लाई कारोबारले उल्लेख गरेको छ ।
‘रसायनिक मल उद्योगमा असम्भव’लाई नयाँ पत्रिका दैनिकले मुख्य समाचार बनाएको छ । माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिने निश्चित भएको समाचारलाई पनि नयाँ पत्रिकाले उल्लेख गरेको छ ।
समृद्ध नेपालका लागि दीगो आर्थिक विकासको तत्कालीन कार्यान्वयन कार्ययोजना अन्तर्गत नागरिक दैनिकले लेखेको छ- फागुनसम्म खर्च नगरे बजेट खोसिने । फोर-जी चलाउने ४० हजार पुगेको समाचारलाई पनि नागरिकले स्थान दिएको छ ।
‘विकास खर्च बढाउन कार्ययोजना’लाई अन्नपूर्ण पोस्ट्ले मुख्य समाचार बनाएको छ ।
अन्तरबैङ्क कारोबार करिब चार गुणा वृद्धिलाई अभियान दैनिकले मुख्य समाचार बनाएको छ । माथिल्लो तामाकोशी जलविद्युतको २२ महिनापछि बाँधस्थल पुनर्निमाण भएको समाचारलाई पनि अभियानले स्थान दिएको छ ।