+
+

ग्राण्डी अस्पतालमा अब सम्पूर्ण बालरोग उपचार

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ ६ गते १९:११

grandie-hospital

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा शुरु गरेको छ । सेवा सुरू गरेको पाँच बर्ष प्रबेश गरेको उपलक्षमा धापासीमा रहेको अस्पतालले बालरोग सम्पूर्ण उपचार सेवा शुरु गरेको हो ।

जसअन्तर्गत सातै दिन चौबिसै घण्टा बालरोग बिशेषज्ञको उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्नागरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नवजात शिशुकालागि नवजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसियु) र सघन उपचार आवश्यक भएका बालबालिकाकालागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पिआईसियु) को ब्यबस्था छ ।

त्यसैगरी सरुवारोगको संक्रमण भएका र सघन उपचार आबश्यक भएका बिरामीका लागि एन आइसियु र पिआइसियुमा अलग्गै आइसोलेसन कक्षको समेत ब्यवस्था रहेको अस्पतालले जनाएके छ ।

जनरल पेडियाट्रिक ओपिडी – बाल बहिरङ्ग बिभाग अन्तर्गत बाल बालिकाहरुमा देखिने बिभिन्न किसिमका रोगहरुको पहिचान, निदान र उपचार हुनेछ ।  यसका लागि पनि अस्पतालमा सातै दिन चौबिसै घण्टा बालरोग बिशेषज्ञ हुनेछ ।

नियोनेटल इन्टेन्सिभ केयर युनिट-एनआइसियु नबजात शिशु सघन उपचार केन्द्र अन्तर्गत नबजात शिशु तथा प्रिम्याचुअर (समय अगाबै जन्मिएका शिशुहरुलाई सघन उपचार गरिन्छ । यस बिभागमा पेडियाट्रिक तथा नियोनेटोलोजिष्ट डा. बिनोद कुमार शाह नेतृत्वको दक्ष तथा अनुभवि चिकित्सकहरुको टोलीले नवजात शिशुहरुको उपचार गर्ने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जनाएको छ ।

पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पिआइसियु), बाल सघन उपचार केन्द्र अन्तर्गत बालबालिकाहरुको सघन उपचार गरिन्छ । पेडियाट्रिक पल्मोनोलोजी, बाल स्वासप्रश्वास रोग उपचार अन्तर्गत बालबालिकामा देखिने दम र एलर्जी लगायतका स्वास प्रश्वास सम्बन्धि बिभिन्न रोगहरुको उपचार गरिन्छ ।

पेडियाट्रिक सर्जरी अन्तर्गत बालबालिकाको सामान्यदेखि जटिल प्रकृतिका सर्जरी सेवा उपलब्ध हुनेछ भने पेडियाट्रिक कार्डियोलोजी अन्तर्गत बालबालिकामा देखिने बिभिन्न मुटुरोगहरुको उपचार गरिन्छ ।

अस्पतालको नवजात शिशु परामर्श केन्द्र (नियोनेटल केयर युनिट)मा एकमहिना भन्दा कम उमेरका नवजात शिशुका आमा बाबुलाई सँगै राखेर बिशेषज्ञहरुद्वारा परामर्श दिइन्छ । नवजात शिशुको स्याहार तथा हेरविचारसँगै स्तनपान र एक महिनाको अबधिमा सामना गर्नुपर्ने सम्भावित चुनौतीहरु र त्यसलाई समाधान गर्ने बिषयमा समेत जानकारी गराइन्छ ।

त्यसैगरी हेल्दी बेबी क्लिनिक (बाल स्वास्थ्य परिक्षण सेवा) अन्तर्गत बालबालिकाको स्वास्थ्य अबस्थाबारे जानकारी लिने तथा उनीहरुको स्वास्थ्य परिक्षण ,परामर्श तथा उपचार सेवा उपलब्ध रहेको छ । जागरुक अभिभावकहरुका लागि बालबालिकाको बिकास तथा उनीहरुको स्वास्थ्य अवस्थाबारे बिशेषज्ञ चिकित्सकहरुसँग जानकारी लिन यो सेवा उपयोगि रहेको छ । यस अन्तर्गत बिशेषगरी बालबालिकाको उमेरको आधारमा पोषण र शारिरीक बिकासको परिक्षण गरी परामर्श तथा उपचार गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?