+

के ध्यानले दिमागको शक्ति बढाउँछ ? 

२०८० असोज  १९ गते १७:३७ २०८० असोज १९ गते १७:३७
के ध्यानले दिमागको शक्ति बढाउँछ ? 

आधुनिक जीवनमा नयाँ प्रविधिको बारेमा हामीले धेरै नयाँ कुराहरू सिक्नु पर्ने हुन्छ । नयाँ कुरा सिक्नको लागि मानिस सधैँ तत्पर हुन्छ । मानिसलाई नयाँ कुरा सिक्नको लागि के कुराले तत्पर गराउँछ ? मस्तिष्कले ।

मस्तिष्कसँग नयाँ परिस्थिति अनुसार आफूलाई अनुकूलन गर्ने र व्यवहार गर्ने क्षमता हुन्छ । यद्यपि, दैनिक घटनाहरूले पनि मस्तिष्कमा परिवर्तन ल्याउन सक्छ र यसले काम गर्ने तरिका परिवर्तन गर्न सक्छ ।

मानसिक शक्तिसँग ध्यान को सम्बन्ध

ध्यानको अभ्यास हजारौँ वर्ष पुरानो हो ।  तर केही दशकअघि मात्रै मनोवैज्ञानिक र मनोचिकित्सकहरूले यसबारे गहन अनुसन्धान गर्न थालेका छन् । विभिन्न अनुसन्धानमा ध्यानको उपयोगिता प्रमाणित गरिसकेपछि अहिले यसलाई सिफारिस गर्न थालिएको छ  ।

अमेरिकी मनोवैज्ञानिक डेभिड क्रेसवेलले धेरै अनुसन्धानलाई व्याख्या गर्दै करिब २० वर्ष अगाडि लेखेका थिए कि मानसिक शान्ति हाम्रो दैनिक जीवनसँग सम्बन्धित छ ।

जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखका अनुसन्धानकर्ता ब्रेटा होल्जल र अमेरिकाको म्यासाचुसेट्स जनरल हस्पिटलकी अनुसन्धानकर्ता सारा लाजरका अनुसार ध्यानले मस्तिष्कको स्मरण शक्तिलाई बलियो बनाउन सहयोगी हुन्छ ।

मनोवैज्ञानिक मेलिसा होगेनबुम बर्नहोफर भन्छिन्, ‘ध्यान गर्दा श्वासप्रश्वासमा ध्यान दिनु पर्छ ।  वास्तवमा यो प्रक्रिया मस्तिष्कले गरिरहेको हुन्छ ।  यसो गर्दा दिमागले यताउता ध्यान दिन  बन्द गर्छ । एकाग्र भएर ध्यान गर्दा श्वासप्रश्वासको माध्यमबाट हामी हाम्रो मांसपेशीलाई बलियो बनाउन सक्छौँ । यस अवधिमा हामीले आफ्नो शारीरिक, मानसिक क्षमतालाई नियन्त्रण गरिरहेका हुन्छौँ ।’

ध्यानसँगै सावधानी पनि महत्त्वपूर्ण छ

इन्द्रप्रस्थ एपोलो अस्पताल, नयाँ दिल्लीकी मनोवैज्ञानिक मोनालिसा दत्त भन्छिन्, ‘कोभिड महामारीको समयमा मानिसहरूको सामाजिक जीवन प्रभावित भएको थियो ।  मृत्युको डर र नकारात्मकता मानिसहरूमा यतिसम्म गाँसिएको थियो कि यसले उनीहरूको मानसिक स्वास्थ्यलाई असर गरेको थियो ।  कोभिड पछि चिन्ता र तनावका साथै डिप्रेसनका घटनाहरू बढ्दै गएका छन् ।’

उनी भन्छिन्, ‘हामीले राम्रो खानपान, सुत्ने र समयमै उठ्ने, केही समय घाममा बस्ने र प्रकृतिसँग समय बिताउने गर्नुपर्छ ।

आजभोलि प्रायः सबैको स्क्रिन टाइम धेरै हुन्छ । यसले मानिसमा तनाव मात्रै बढाउँदैन स्वभाव पनि आक्रामक बनाउँछ । यसलाई सुधार्नको लागि आफ्नो व्यक्तिगत र कार्य जीवनमा पनि सन्तुलन कायम गर्नुपर्छ ।

यसका साथै मोनालिसा दत्त खानपानमा सुधार गर्न र राम्रो जीवनशैली अपनाउन मात्र नभई योग र ध्यान गर्न पनि सल्लाह दिन्छिन् ।

उनी भन्छिन्, ‘आजको व्यस्त जीवनमा तनावबाट बच्न सकिँदैन, तर यसलाई कम गर्न ध्यान जस्ता कुराहरू अपनाउनुपर्छ ।’

ध्यान विज्ञको रेखदेखमा मात्रै गर्नुपर्ने उनको भनाइ छ । विशेष गरी जो डिप्रेसनबाट पीडित छन् उनीहरू बन्द कोठा वा एकान्तमा असहज महसुस गर्न सक्छन् ।

न्यूरोप्लास्टिकिटी – मस्तिष्क शक्ति को रहस्य

मानव मस्तिष्कमा आफैलाई सिक्ने, परिवर्तन गर्ने र विकास गर्ने स्वभाव हुन्छ ।  मस्तिष्क प्लास्टिक जस्तै हो जुन विभिन्न चीजहरूमा रूपान्तरण गर्न मिल्छ ।  यसलाई न्यूरोप्लास्टिकिटी भनिन्छ, जसको सरल अर्थ भनेको कुनै कुराको बारेमा हाम्रो विचारहरू परिवर्तन हुँदा, मस्तिष्कको संरचना र यसको काम गर्ने तरिका परिवर्तन हुन्छ ।

साथै, योग, ध्यान र व्यायाम जस्ता चीजहरू मार्फत, हाम्रो मस्तिष्कको शक्ति, आकार र घनत्व बढाउन सक्छौँ ।

पहिले यो सबै किशोरावस्था सम्म मात्र हुन सक्छ भन्ने विश्वास थियो, तर यो एक निरन्तर परिवर्तन हुने शक्ति हो जसले हाम्रो पहिचानलाई आकार दिन काम गरिरहन्छ । जब हामी केही नयाँ सिक्छौँ,  त्यो कुराले  छिट्टै आफैलाई अनुरूप बनाउँछ ।

बिबिसीबाट

ध्यान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?