+
+

सल्यानमा ३ दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २० गते ६:२८

२० असोज, दाङ । सल्यानमा तीन दिनदेखि बेपत्ता महिला आफ्नै घरमा मृत फेला परेकी छन् ।

सिद्धकुमाख गाउँपालिका–४ खार्पनकी ४९ वर्षीया गणेशी रोका बिहीबार आफ्नै घरभित्र खाद्यान्न भण्डार गर्ने भकारीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

असोज १५ गते बेलुकादेखि घरबाट हराएकी रोका तीनदिनसम्म पनि फेला परेकी थिइनन् । त्यसपछि गाउँले र आफन्तले उनको खोजी गरेका थिए ।

बिहीबार भने घरभित्रबाट शवको गन्ध आएपछि खोज्न जादा खाद्यन्य राख्ने भकारीभित्र उनको शव फेला परेको प्रहरी कार्यालय सल्यानको प्रहरी निरिक्षक तथा प्रवक्ता गोपाल श्रेष्ठले बताए ।

मृतकको रोका घरमा मृतक महिलासहित उनका छोरा, छोरी र बुहारीसँग बस्दै आएका थिए ।

घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

शवलाई जिल्ला अस्पताल सल्यानमा पोष्टमार्टम लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?