+
+

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस्

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १८ गते १०:१२

एन्ड्रोइड प्रयोगकर्ताका लागि एपहरु डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर आधिकारिक एप स्टोर हो । कुनै पनि गेम तथा एप डाउनलोड गर्नका लागि हामी प्ले स्टोर नै खोल्दछौं ।

यद्यपि कहिलेकाहीँ प्रयोगकर्ताले एपहरु डाउनलोड गर्दा समस्या भोग्नु पर्ने हुनसक्छ । यदि तपाईंले पनि गुगल प्लेस्टोरबाट एपहरु डाउनलोड नहुने समस्या भोग्नुपरेको छ भने यो सामग्री उपयोगी हुनसक्छ । यी हुन् प्ले स्टोरबाट एप डाउनलोड नहुने पाँच समस्या र समाधानका उपायहरु :

१. स्टोरेजमा कमी : यो सबैभन्दा सामान्य तथा सबैभन्दा ठूलो समस्या मध्येमा एक हो किनकि तपाईंलाई फोनमा कुनै एप डाउनलोड गर्नुपर्ने हुन्छ तर त्यसका लागि फोनमा भएका कुनै चिज डिलिट गरिहाल्ने अवस्था पनि हुँदैन । तथापि यस्तो अवस्थामा तपाईंले फोनमा भएका अन्य अनावश्यक एपहरु, फोटो, भिडियो वा कुनै ठुलो साइजको फाइल छानेर डिलिट गर्नुपर्छ र मात्रै नयाँ एप इन्स्टल गर्न सक्नुुहुन्छ । यदि तपाईंको डिभाइसले मेमोरी कार्ड सपोर्ट गर्दछ भने तपाईंले केही डाटा माइक्रोएसडी कार्डमा ट्रान्सफर गरेर पनि डिभाइसको सिस्टम मेमोरी खाली गरी एप डाउनलोड गर्न सक्नुहुन्छ ।

२. नेटवर्क कनेक्सनको समस्या : सुस्त तथा अस्थिर इन्टरनेट कनेक्सनले एप डाउनलोडको काममा बाधा उत्पन्न गर्दछ । यस्तोमा तपाईंले स्थिर अर्थात् राम्रोसँग निरन्तर चल्ने खालको वाइफाइ वा सेल्युलर डेटा कनेक्सन लिनुपर्दछ । यदि तपाईंले वाइफाइको प्रयोग गर्नुभएको छ भने आफ्नो राउटरलाई रिसेट गर्ने प्रयास गर्नुहोस् । अनि यदि मोबाइल डेटाको प्रयोग गर्नुभएको छ भने फोनमा पर्याप्त सिग्नल भएको कुरा सुनिश्चित गर्नुहोस् ।

पर्याप्त गति तथा निरन्तरको इन्टरनेट भयोभने मात्रै तपाईंले फोनमा कुनै समस्या रहित तरिकाले एप डाउनलोड गर्न सक्नुहुनछ ।

३. गुगल प्ले स्टोरमा जम्मा हुने क्यास तथा डेटाहरू : प्ले स्टोर एपमा संग्रहित क्यास तथा डेटाहरुले पनि समस्या पैदा गर्न सक्दछन् । त्यसैले यस्ता अनावश्यक चिजहरुलाई हटाउनु पर्दछ । त्यसका लागि Settings >Apps > Google Play Store>Storage मा गएर क्यास तथा डेटा हटाउनु पर्दछ । यसबाट प्रायः डाउनलोड सम्बन्धी समस्याहरु हल हुन्छन् ।

४. डिसेबल वा पुरानो प्ले स्टोर एप : प्लेस्टोरको पूरानो तथा निस्क्रिय भर्सनले पनि एपहरुलाई डाउनलोड हुनबाट रोक्दछ । यसका लागि सबैभन्दा पहिले गुगल प्ले स्टोरको सबैभन्दा पछिल्लो भर्सन अपडेट गर्नुहोस् । यसलाई सक्रिय बनाउनका लागि Settings >Apps > Google Play Store मा गएर त्यसलाई Enable गर्नुपर्दछ ।

५. अकाउन्ट सम्बन्धी समस्या : कहिलेकाहीँ गुगल अकाउन्टसँग सम्बन्धित समस्याका कारण पनि एप डाउनलोड गर्दा समस्या उत्पन्न हुनसक्दछ । यस्तो भएमा आफ्नो गुगल अकाउन्ट साइनआउट गरेर पुनः साइन इन गर्नुहोस् ।

यदि त्यसो गर्दा पनि प्ले स्टोरबाट एप डाउनलोड भएन भने आफ्नो डिभाइसबाट गुगल अकाउन्ट हटाएर पुनः अकाउन्ट जोड्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?