Comments Add Comment

प्रधानमन्त्री र लण्डनका मेयरबीच भेटवार्ता

prachanda-meetins
११ माघ, काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको लण्डन सिटीका लर्ड मेयर डा.एन्डयू पार्मलीबीच भेटवार्ता भएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा नेपालको संविधान कार्यान्वयन र पुर्ननिर्माणमा प्रधानमन्त्रीको पहलप्रति लर्ड मेयर पार्मलीले जिज्ञासा राखेका थिए ।

साथै बेलायती सहयोगबारे समेत छलफल भएको थियो । जलविद्युत क्षेत्रमा लगानीको संभावनाका विषयमा समेत छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता, विकास र आर्थिक सम्वृद्धिका लागि आˆनो ध्यान गएको भन्दै नेपालको शान्ति, संविधान निर्माण र पुर्ननिर्माणमा प्राप्त अन्तर्राष्ट्रिय सहयोगप्रति आभार व्यक्त गरे ।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माणमा सरकार लागेको जनाउँदै जलविद्युतसहित ठूला परियोजनामा लगानीका लागि आग्रह गरे ।

यसैगरी प्रधानमन्त्री प्रचण्ड र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच पनि भेटवार्ता भएको छ ।

मंगलवार विहान बालुवाटारमा भएको भेटवार्तामा पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सरहाना गरे ।

उनले नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताए ।

प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा अन्र्तराष्ट्रिय समुदायको सदभावप्रति आभार व्यक्त गर्दै अहिले आफूहरु प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment