Comments Add Comment

सकियो टाटाको ‘शिक्षाका लागि टेस्ट ड्राइभ’ अभियान


४ फागुन, काठमाडौं । टाटा मोटर्स् र सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा हालै ँशिक्षाका लागि टेस्ट ड्राइभू नामक सामाजिक अभियान सफलतापूर्वक सम्पन्न गरेका छन् । अभियानको औपचारिक समापन कार्यक्रम काठमाडौंमा भएको छ ।

अभियानमा आफ्नो कम्पनीको सामाजिक उत्तरदायित्व पूरा गर्ने क्रममा टाटा मोटर्स्ले टियागो, जेस्ट र बोल्ट कारहरुलाई देशका विभिन्न विद्यालयहरुमा टेस्ट ड्राइभको लागि राखेको थियो भने कम्पनीले हरेक टेस्ट ड्राइभ बापत् विद्यालयहरुलार्य ५०० रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सहयोग रकम विद्यालयहरुले आवश्यक परेका बालबालिकाहरुको शिक्षाका लागि प्रयोग गर्नेछन् ।

समापन कार्यक्रममा शिक्षा मन्त्री धनीराम पौडेलले शिक्षाका लागि टेस्ट ड्राइभ अभियानमा सहभागी भएका सम्पूर्ण विद्यालयका प्रतिनिधिहरुलाई चेक हस्तान्तरण गरे ।

विद्यालयहरुले उक्त रकमलाई छात्रवृत्ति कोष खडा गरि विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको शिक्षाको लागि प्रयोग गर्ने योजना समेत बनाइसकेको कुरा जानकारी गराएका छन् ।

कार्यक्रममा सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा शिक्षाको महत्व एवं प्रचारका लागि यो अभियानले विशेष भूमिका खेल्ने कुरा बताए ।

उनले नेपालमा यस्तो विशेष अभियान संचालन गरेकोमा टाटा मोटर्सलाई धन्यवाद दिए । यसैक्रममा टाटा मोटर्स्, पिभिआईबि नेपालका कन्ट्री म्यानेजर हेमन्त पुरानिकले नेपालमा परिवारको कमजोर आर्थिक अवस्थाका कारण थुप्रै बालबालिकाहरु शिक्षाबाट वञ्चित हुने अवस्था रहेको बताए ।


उनले यस्तो अवस्थामा उहाँहरुले एक जिम्मेवार कर्पोरेट हाउसको रुपमा विद्यालयहरुलाई छात्रवृत्ति कोष बढाई विपन्न तथा जेहेन्दार बालबालिकाहरुको शिक्षाका लागि विशेष पहल गर्नका निमित्त उक्त टेस्ट ड्राइभ अभियान संचालन गरेको बताए ।
अभियानमा १० हजारभन्दा बढी अभिभावकहरु उत्साहपूर्वक सहभागी भएको उनले बताए ।

धापाखेल र सानेपा स्थित जेम्स स्कुलबाट शुरु भएको टेस्ट ड्राइभ अभियान नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रको ११ वटा शहरहरु अन्तर्गत २४ वटा विद्यालयहरुमा गरिएको थियो । अभियान शुरु भएको ५ महिनाको अवधिमा जम्मा १० हजार ०७२ जनाले टेस्ट ड्राइभमा सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment