Comments Add Comment

च्याम्पियन्स लिगको आश मारिसकेका छैनौं: स्वरेज

७ फागुन, काठमाडौं । बार्सिलोनाका स्ट्राइकर लुइस स्वरेजले च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्ने आश अझै नमारेको बताएका छन् ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेनसँग ४-० को लज्जास्पद हार व्यहोरेको छ ।

दोस्रो लेगमा मार्च ४ मा घरेलु मैदान नाउ क्याम्पमा खेल्दैछ । र, च्याम्पियन्स लिगको नक आउट चरणमा अहिलेसम्म पहिलो लेगमा ४-० को हार व्यहोरेको टिमले पुनरागमन गर्दै अघिल्लो चरणमा स्थान बनाउन सकेको छैन । स्वरेज भन्छन्, यदि हामीले यो क्लबमा इतिहास बनाउनुछ भने खेललाई फर्काउनुपर्छ ।’

उनले अघि भने, हामी विश्वको उत्कृष्ट टिम हौं । र परिस्थितिलाई उल्टाउन सक्ने कुनै टिम छ भने त्यो बार्सिलोना हो ।’

बार्सिलोनाले ५ पटक च्याम्पियन्स लिग जितेको छ र, लगातार ९ सिजन क्वार्टरफाइनल पुगेको छ ।

अन्तिम १६ मा व्यहोरेको हार निकै पीडादायक रहेको भन्दै उनले भने खेलमा फर्किन कठिनसँगै सुन्दर चुनौती रहेको बताए ।

प्रशिक्षक लुइस इनरिके, जसको सम्झौता यो सिजनको अन्त्यमा सकिँदैछ, उनको भवियबारे सोधिएको प्रश्नमा उरुग्वेका स्वरेजले भने, हामी सबै दोषी छौं । हामीले राम्रो खेलेनौं र जे भयो त्यसका लागि हामी सबै जिम्मेवार छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment