Comments Add Comment

रिलिजअगाडि कानूनी झमेलामा फस्यो रंगून

विशाल भारद्वाजले निर्देशन गरेको फिल्म रंगुन रिलीजभन्दा अगाडि नै कानूनी झमेलामा फसेको छ । समाचारअनुसार फिल्म प्रोडक्सन कम्पनी भाडिया मूभिटोन प्राइभेट लिमिटेडले कपिराइट उल्लंघन गरेको आरोपमा मुम्बई उच्च अदालतमा रंगूनका निर्माताहरुमाथि व्यवसायिक मुद्दा दायर गरेको छ ।

भाडिया मूभिटोन प्रालिका राय भाडियाले भने, ‘रंगूनमा कंगनाले निभाएको मिस जूलियाको भूमिका अष्ट्रेलियाकी स्टन्ट एक्टटर मेरी एवन्सको वास्तविक जिन्दगीमा आधारित छ । सारा संसारमा मेरी एवन्स निर्डर नाडियाको नामले परिचित छिन् ।

आगामी २४ फेब्रुअरीमा रिलीज हुने क्रममा रहेको रंगून यसका दुई स्टार कंगना र शाहिद कपुरबीचको शीतयुद्धका कारण पनि चर्चामा छ । कंगना र शाहिद अहिले एक-अर्कालाई लक्ष्यित गरेर अनेक बयानवाजी गरिरहेका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment