Comments Add Comment

शुद्धीकरणको माग गर्दै चितवनका तीन पत्रकार संगठनद्वारा महासंघमा ध्यानाकर्षण

९ फागुन, चितवन । पत्रकारिता पेशामा शुद्धीकरणको माग गर्दै चितवनका तीन पत्रकार संगठनले महासंघमा चार बुँदे ध्यानाकर्षण पेश गरेका छन् ।

पत्रकार महासंघ चितवन शाखाको पछिल्ला गतिविधिप्रति असन्तुष्ट नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र क्रान्तिकारी पत्रकार महासंघले महासंघ चितवन अध्यक्ष हरिप्रसाद पोखरेललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस सेन्टरका चितवन अध्यक्ष प्रकाश ज्ञवाली र क्रान्तिकारी पत्रकार महासंघ अध्यक्ष सूर्य बरालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा महासंघ चितवनले हाल सिफारिस गरेका सदस्यहरु मध्ये केहिको मूख्य पेशा पत्रकारितामा नरहेकाले त्यसलाई वदर गर्नुपर्ने, छुटेका क्रियाशिल पत्रकारहरुलाई समावेश गर्नुपर्ने, शुद्धीकरणमा ध्यान दिँदै मूख्य पेशा पत्रकारिता नभएकाहरुको नवीकरण गर्न नहुने र नेपाल पत्रकार महासंघको चितवनमा भएको केन्दि्रय साधारण सभा र महासंघ चितवनको भवन निर्माणको हिसाब सार्वजनिक गर्नुपर्ने लगायत छ ।

त्यस्तै पत्रकार महासंघ चितवन शाखाले शुद्धिकरणमा ध्यान नदिएको कारण केहि कृयाशिल पत्रकारहरु बाहिर रहेकोमा उनीहरुको माग सँगसँगै पूरा गनुपनर्ेे पत्रमा उल्लेख छ ।

पत्रकार महासंघ चितवनको सभाहलमा आयोजित कार्यक्रममा वोल्दै असन्तुष्ट तीनै संगठनका प्रमुखले महासंघ बिधान, बिधि र प्रकृया मिचेर मनोमानी रुपले अघि बढिरहेको तथा सदस्यता र नवीकरण प्रकृयाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै माग पूरा नभए चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिए ।

आफूहरुको माग पूरा गरी क्रियाशिल पत्रकारहरुको सहभागितामा तोकिएकै मितिमा अधिवेशन गर्नुपर्ने उनीहरुको भनाई थियो । ध्यानाकर्षणपत्र बुझ्दै पत्रकार महासंघ चितवनका अध्यक्ष हरिप्रसाद पोख्रेलले तीनवटा संगठनले राखेका मागहरु जायज भएकोले पूरा गर्न प्रयास गर्ने प्रतिवद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment