Comments Add Comment

भ्यालेन्टाइन्स डेमा कोकाकोलाको ‘सरप्राइज’


१० फागुन, काठमाडौं । कोकाकोलाले नेपालकी चर्चित सेलिबि्रटी पि्रयंका कार्कीसँग मिलेर जोडीमध्येका एकको सहयोगमा आफ्नो खास व्यक्तिका लागि एउटा विशेष सरप्राइज दिने अवसर प्रदान गरेको छ ।

भ्यालेन्टाइन्स डेका अवसरमा कोकाकोलाले कोकाकोला मोमोत्सव अभियान अन्तर्गत रहेर जोडीहरूको खास पलहरूमा केहि जादु थप्दै उनीहरूको समयलाई विशेष बनाउने निर्णय गर्दै यस्तो गरेको हो ।

नेपालमा टेस्ट द फिलिंग अभियानको सुरुवात गरेसँगै कोकाकोलाले हरेक दिनका विशेष अनुभव र पलहरूको एउटा अभिन्न पाटो बनाउन यस्ता विशेष योजना ल्याइरहेको कम्पनीले जनाएको छ ।

यसै सिलसिलामा पि्रयंका कार्कीलाई पनि सहभागी गराउँदै जोडीहरूको विशेष दिनलाई अझ विशेष बनाइएको हो । कोकाकोलाले अभियान अन्तर्गतको पललाई भिडियोमा पनि समेटको छ । जसलाई कोकाकोलाको आधिकारिक युट्युब र फेसबुक पेजमा हेर्न सकिनेछ ।

कोकाकोलाको मोमोत्सव आफ्ना उपभोक्ताहरूको खास पलको एउटा पाटो बन्ने विशेष अभियान भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment