Comments Add Comment

राप्रपा केन्द्रीय समितिको पहिलो बैठक आज

१२ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

महाधिवेशनबाट निर्वाचित अध्यक्षसहित ९८ जना र अध्यक्षले नियुक्त गरेका १५ सहित ११३ सदस्यीय केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनेछ ।

बैठकमा परिचयात्मक कार्यक्रमका अलावा स्थानीय तह निर्बाचनबारे पार्टीको धारणा तय गर्नमा केन्दि्रत रहने बताइएको छ ।

राप्रपामा १६५ जना केन्द्रीय सदस्यमध्ये ९८ जना निर्वाचनबाट र ६५ जना अध्यक्षले मनोनयन गर्ने प्रावधान छ । जसअनुसार अध्यक्ष कमल थापाले १५ जनालाई मनोनयन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment