Comments Add Comment

कपिल शर्माले विद्या बालनलाई ६ घन्टा सेटमै कुराए

कमेडियन कपिल शर्मालाई विवादले पछ्याउन छोडेको छैन । हालै उनी आफ्नै सहकर्मी सुनील ग्रोवरलाई पिटेको विषयले विवादमा तानिएका थिए । अहिले अर्को घटना बाहिर आएको छ ।

यो घटना अभिनेत्री विद्या बालनसँग जोडिएको छ । आफ्नो फिल्म ‘बेगम जान’ लाई प्रमोट गर्न विद्या फिल्मका अन्य सहकर्मीहरु इला अरुण, गौहर खान, पल्लवी शारदा र अर्की एक अभिनेत्रीसँग ‘द कपिल शर्मा शो’ मा पुगेकी थिइन् । तर कपिलले यो टोलीलाई ६ घन्टासम्म कुराए ।

समाचारअनुसार विद्या र उनको समुह ६ घन्टासम्म सेटमा कपिलको प्रतिक्षामा बसेका थिए । अन्तमा दिक्दार भएर उनीहरु सेटबाट फर्किने तयारीमा लागे । तर, उनीहरु फर्किनलाई उठिसकेपछि कपिलको फोन आयो । उनले विद्यालाई आफू सुटिङका लागि रेडी भएको जनाउ दिए ।

कपिलको फोनपछि विद्या रोकिइन् । यति ठूलो अपमान सहेर पनि कार्यक्रम छोडेर हिँड्न नसक्नुमा फिल्म प्रमोसनको मोह नै मुख्य कारकतत्व हुन सक्ने अनुमान गरिएकोउ छ । विद्याको बेगम जान आगामी १४ अप्रिलमा रिलिज हुँदैछ ।

त्यसो त कपिलले यसअघि पनि थुप्रै सेलिबि्रटीहरुलाई सेटमा प्रतिक्षा गराएका छन् । पछिल्लो पटक आदित्य राय कपुर र श्रद्धा कपुर आफ्नो फिल्म ‘ओके जानु’ प्रमोसन गर्न आएका थिए । उनीहरुलाई पनि कपिलले करिब ६ घन्टा प्रतिक्षा गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment